१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १५:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा मधेशबाट पाँचजनाको उम्मेदवारी

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १५:५३:oo

राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशबाट पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन्।

जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा सत्तारूढ गठबन्धन दल कांग्रेसबाट अन्यतर्फ आनन्द ढुंगाना र जसपाबाट महिलातर्फ पूजा चौधरीले उम्मेदवारी दर्ता गराएका हुन्। 

त्यसैगरी, एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीले मनोनयन दर्ता गराएका छन्। त्यसैगरी, जनमतबाट रामशंकर महासेठले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका सूचना अधिकारी कृष्णकुमार राउतले जानकारी दिए। 

एमालेले अन्यतर्फ अर्जुनसिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, सिंह उम्मेदवारी दर्ता गराउन आउँदा मतदाता नामावलीमा नाम नभेटिएपछि उनको स्थानमा पार्टीले विजेता झालाई उम्मेदवार बनाएको छ।