मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १८:५७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बेलौरीमा अतिक्रमित सरकारी जमिन खाली गराउन चल्यो डोजर

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

कञ्चनपुरको बेलौरी नगरपालिकाले लामो समयदेखि अतिक्रमित सरकारी जमिन खाली गराएको छ। 

शुक्रबार बेलौरी– १ बन्दातालस्थित सानो बन्दाताल क्षेत्रमा डोजर चलाएर नगरपालिकाले अतिक्रमित सरकारी जमिन खाली गराएको हो।

स्थानीय सरकारले पटकपटक अतिक्रमित सरकारी जमिन खाली गराउन आग्रह गर्दा नमानेपछि अन्तिममा डोजर नै प्रयोग गरेर खाली गराएको नगरपालिकाले जनाएको छ। बेलौरी नगरका प्रवक्ता हर्क भुलले नगर प्रमुख पोतीलाल चौधरीको नेतृत्वमा सरकारी जमिन खाली गराइएको बताए।

प्रवक्ता भुलका अनुसार सानो बन्दतालको नाममा रहेको कित्ता नं. ३८६ को सरकारी जमिन अतिक्रमण गरेर बनाइएका घरटहरा र लगाइएको अन्नबाली हटाइएको हो। ‘हामीले चार बिघा १४ कट्ठा क्षेत्रफलमा निर्माण भएका घरटहरा, बालीनाली, माछा पालिएको पोखरी हटाएका छौँ,’ उनले भने, ‘अतिक्रमित क्षेत्र खाली गराएर उक्त क्षेत्रमा घेराबारा गरेका छौँ।’ 

बेलौरी नगरका प्रमुख चौधरीले नगर क्षेत्रमा रहेको सरकारी तथा सार्वजनिक जमिनको रेखदेख एवं संरक्षण गर्ने दायित्वअनुरूप अतिक्रमित क्षेत्र खाली गराएको बताए। सरोकारवाला निकायसँगको समन्वयमा अतिक्रमित जमिन संरक्षण गरेको उनको भनाइ छ।

यसअघि पनि बेलौरी नगरपालिकाले ५ नम्बर वडामा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन डोजर प्रयोग गरेको थियो।