Skip This
अयोध्या पठाइयो भार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २० शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८o पौष २० शुक्रबार o८:४४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अयोध्या पठाइयो भार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८o पौष २० शुक्रबार o८:४४:oo

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा नेपालको जनकपुरधामबाट सुन–चाँदीका गरगहनासहित १५ सयभन्दा बढी भार पठाइएको छ ।

विश्वप्रसिद्ध जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा जनकपुरधामबाट कोसेलीका रूपमा सुन तथा चाँदीबाट निर्मित गरगहना, चाँदीका धनुषवाण र पादुका, वस्त्र, आभूषण, फर्निचर, भाँडावर्तन, मिठाई, फलफूल, चुरा, चामलसहितका परिकार अयोध्या पठाइएको हो । 

भार लिएर अयोध्या जाने टोलीलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधिसहित स्थानीय नागरिकले भव्य बिदाइ गरे ।

स्थानीयवासीले आ–आफ्ना घरबाट अयोध्या पठाउन विभिन्न परिकारका भार तयार गरी जानकी मन्दिरको जिम्मा लगाएका थिए । बिदाइ कार्यक्रममा मुख्यमन्त्री यादवले यस्ता क्रियाकलापले नेपाल–भारतको सम्बन्ध अझ प्रगाढ हुने बताए । जनकपुरधामबाट भार टोली जलेश्वरबाट हुलाकी सडक भएर मलंगवा, गौर, कलैया हुँदै बिहीबार मध्यरात वीरगन्ज पुगेको छ ।