१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:oo:oo

भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर काठमाडौं आएका छन्  । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय वायुसेवाको विशेष विमानबाट उनी काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्रसचिव सेवा लम्साल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

काठमाडौं रहँदा जयशंकरले राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार वार्तादेखि कांग्रेस र एमालेका शीर्ष नेतासँग भेटवार्ता र संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र (संयुक्त आयोग)को बैठक तीन वर्षपछि बस्न लागेको हो । विदेशमन्त्रीका रूपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।

यस्तो छ तालिका

उनको पहिलो शिष्टाचार भेट बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग हुनेछ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मध्याह्न १२ बजे भेट गर्ने तय भएको छ । 

बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटपछि विदेशमन्त्री जयशंकरले नेपाली समकक्षी साउदसँग १ बजे भेटवार्ता गर्नेछन् । होटेल याक एन्ड यतीमा उनीहरूबीच १५ मिनेटको भेटवार्तापछि त्यहीँ नेपाल–भारत संयुक्त आयोगको बैठक बस्नेछ ।

बैठक सकिएपछि परराष्ट्र मन्त्रालयका तर्फबाट आयोजित दिवाभोजमा सहभागी भएर जयशंकरले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । साँझ परराष्ट्रमन्त्री साउदद्वारा होटेल सोल्टीमा आयोजित रात्रिभोजमा जयशंकर सहभागी हुनेछन् । 

जयशंकरले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयमा भारतीय सहयोगमा निर्मित केन्द्रीय पुस्तकालय उद्घाटन गरेपछि उनको नेपालमा कार्यक्रम सम्पन्न हुनेछ । दिउँसो १२:३० बजे उनी दिल्ली फर्किनेछन् । 

ad
ad