१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष १९ बिहीबार ०८:३१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बागमती प्रदेश क्रिकेट छनोट : काठमाडौंले भक्तपुरलाई हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष १९ बिहीबार ०८:३१:००

काठमाडौंले भक्तपुर जिल्लालाई १९१ रनले हराउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेश छनोटमा पहिलो जित निकालेको छ । मूलपानीको तल्लो क्रिकेट मैदानमा काठमाडौंले दिएको ३०५ रनको लक्ष्य पछ्याएको भक्तपुर २८ ओभरमा ११३ रनमै समेटियो । भक्तपुरका लागि अविनाश बस्यालले अविजित २५, कृष कार्कीले १९, सुरज कामीले १६ र सौरभ सखाकर्मीले १२ रन बनाए ।

काठमाडौंका लागि सोनु देवकोटाले आठ ओभरमा एक मेडनसहित ८० रन खर्चिएर चार विकेट लिए । यसैगरी मनोज यादवले तीन, प्रतिश जिसीले दुई र राकेशकुमार कर्णले एक विकेट लिए । पहिलो ब्याटिङ गरेको काठमाडौंले ४० ओभरमा सबै विकेट गुमाउँदै ३०४ रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि रोबिन जोशीले सर्वाधिक ९५ रनको योगदान दिएका थिए । उनले ७५ बलमा १२ चौका र दुई छक्का प्रहार गरेका थिए । 

यसैगरी, हरिबहादुर चौहानले ५५ बलमा आठ चौका र एक छक्काको सहयोगमा ६० रनको योगदान दिए । काठमाडौंका सोनु देवकोटाले ३१, रोकशकुमार कर्णले २९, इशान पाण्डेले २८ र रित गौतमले २३ रन बनाए । काठमाडौंको ब्याटिङमा पाँचौँ विकेटका लागि रोबिन र राकेशले ७१ रनको साझेदारी गरेका थिए । भक्तपुरका लागि धीरेन्द्रकुमार बस्नेतले तीन विकेट हात पारे । 

कृष कार्कीले दुई तथा विज्ञान गौतम, सुवास खत्री, अविनाश बस्याल र केशव साउदले समान एक विकेट लिए । यसैगरी, चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको खेलमा चितवनले मकवानपुरलाई सात विकेटले पराजित गरेको छ । 

पर्सासँग धनुषाको हार 
शंकर पौडेलको उत्कृष्ट बलिङमा बाराले मधेश प्रदेशस्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सहज जित निकालेको छ । बाराले सिराहालाई ५६ रनले हराएको हो । कलैयास्थित सिद्धेश्वर मैदानमा पहिलो ब्याटिङ रोजेको बाराले ३९ ओभरमा सबै विकेट गुमाउँदै १६४ रन बनाएको थियो । बाराका नीरज यादवले नटआउट अर्धशतक प्रहार गरे । उनले ४८ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए ।