१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o८:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बागमती प्रदेश क्रिकेट छनोट : ललितपुर र चितवनको सहज जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:२८:oo

ललितपुर र चितवन जिल्लाले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेश छनोटमा जित निकालेका छन् । ललितपुरले काठमाडौंमाथि चार विकेटको जित निकाल्यो । छनोट प्रतियोगिताको पहिलो दिन चितवनले नुवाकोटलाई ७१ रनले हरायो । काठमाडौंका लागि राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका चार खेलाडी थिए । पहिलो ब्याटिङ गरेको काठमाडौंले ४० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३९ रनको योगफल खडा गरेको थियो । ललितपुरले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

काठमाडौंबाट शरद भेषवाकर, प्रतिश जिसी र ईशान पाण्डेजस्ता सिनियर खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसैगरी, यू– १९ टोलीबाट खेलेका हरि चौहान र रित गौतमले काठमाडौंबाट खेले । अनुभवी खेलाडीले भरिएको काठमाडौंमाथि सानदार जित निकालेको ललितपुरमा सिनियर खेलाडी थिएनन् । ललितपुरको जितमा दुर्गेश थापा क्षेत्रीले ७१ रनको योगदान दिए । उनले ७४ बलमा १० चौका प्रहार गरे । यसैगरी, विवेक रानामगरले सर्वाधिक ८६ रन बटुले । उनले ६९ बलमा ९ चौका र ५ छक्का ठोके । 

काठमाडौंका कप्तान शरदले ८ ओभरमा १ मेडन राखी ४४ रन खर्चेर ३ विकेट लिए । प्रतिशतले ६.५ ओभरमा ५१ रन खर्चेर २ विकेट हात पारे । ईशान पाण्डे र सोनु देवकोटाका नाममा समान एक विकेट रह्यो । मूलपानीको तल्लो क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंका लागि ईशानले सर्वाधिक ९२ रनको योगदान दिए । उनले १ सय १६ बलमा ११ चौका र १ छक्का प्रहार गरेका थिए । 

मध्यक्रम ब्याटिङ कमजोर हुँदा काठमाडौंले ललितपुरविरुद्ध गतिलो योगफल खडा गर्न सकेन । काठमाडौंका रोबिन जोशीले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५८ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । हरि चौहानले १६ रन र कप्तान सरनले १५ रनको योगदान दिए । रित गौतम शून्यमा आउट भए । ललितपुरका आदिल खान र पंकज पाण्डेले समान तीन विकेट लिए । 

चितवनको सहज जित 
गौतम बुद्ध रंगशालामा पहिलो ब्याटिङ गरेको चितवनले ३०.२ ओभरमा सबै विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । प्रत्युत्तरमा नुवाकोट १५.१ ओभरमा ६१ रनमा अल आउट भयो । नुवाकोटका अशोक पौडेलले १५ रन र अनुभव खनालले १७ रनको योगदान दिए । अन्य खेलाडीले खासै रन बटुल्न सकेनन् । चितवनलाई पहिलो खेलमै महत्वपूर्ण जित दिलाउनका लागि कर्जन गुरुङ र इकबालले समान चार विकेट हात पारे । चितवनको ब्याटिङमा रोशन झाले ३१ बलमा ४२ रनको योगदान दिए । उनले ६ चौका र दुई छक्का प्रहार गरे । यसैगरी, प्रतीक श्रेष्ठले २२ रन जोडे । नुवाकोटका सुशील साउदले ६.२ ओभरमा २८ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । अभिषेक कोइराला र अभियान बस्नेतले समान दुई विकेट लिए ।

प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता माघ पहिलो साता काठमाडौं, मूलपानी र भैरहवामा सुरु हुँदै छ । मुख्य प्रतियोतिगाअघि सबै प्रदेशले छनोट सुरु गरेका हुन् । बागमती प्रदेश छनोटको समूह ‘ए’मा काठमाडौं, भक्तपुर, ललितपुर र टियू छन् । समूह ‘ए’का सबै खेल मूलपानीमा हुनेछ । समूह ‘बी’मा नुवाकोट, मकवानपुर र चितवन छन् । समूह ‘बी’मा रहेका टोलीहरूले भरतपुरमा प्रतिस्पर्धा गर्नेछन् । 

क्यानले भोलि क्यालेन्डर सार्वजनिक गर्ने
नेपाल क्रिकेट संघ क्यानले बिहीबार वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने भएको छ । क्यानले मंगलबार आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने घोषणा गरेको हो । क्यानको नयाँ निर्वाचित कार्यसमितिले क्यालेन्डरसहित क्रिकेट विकासको काम अघि बढाउने घोषणा गरेको थियो । क्यानको वार्षिक क्यालेन्डरमा उमेर समूह र सिनियर टोलीको वर्षभरिका घरेलु क्रिकेटका कार्यक्रमको तालिका समावेश हुनेछ । बहुप्रतिक्षित फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिगको समेत सार्वजनिक हुने अनुमान छ । दोस्रोपटक क्यान अध्यक्ष भएपछि चतुरबहादुर चन्दले संघ वार्षिक क्यालेन्डरअनुसार चल्ने बताएका थिए । 

ad
ad