१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
एजेन्सी केपटाउन
२o८१ जेठ ३ बिहीबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भारतको नाटकीय पतन

Read Time : > 1 मिनेट
एजेन्सी, केपटाउन
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:२२:oo

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतको नाटकीय पतन भएको छ । केपटाउनमा बुधबारदेखि सुरु भएको पहिलो टेस्टमा भारतले दक्षिण अफ्रिकालाई ५५ रनको झिनो योगफलमा अलआउट पारेको थियो । प्रत्युत्तरमा ब्याटिङ थालनी गरेको भारत एक समय १५३–५ को स्थितिमा थियो । तर, यसै योगफलमा बाँकी विकेट गुमाउँदा भारत १५३ रनमै अलआउट भयो । भारतले अन्तिम ५ विकेट ११ बलको अन्तरमा गुमाएको हो । भारतले पहिलो इनिङ्समा ९८ रनको अग्रता लियो ।

भारतका लागि ६ ब्याट्सम्यानले रन नै बनाएनन् । श्रेयस एयर, रवीन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा शून्यमा आउट भए । भारतको ब्याटिङ इनिङ्सको ३३.१ ओभरमा लुन्गी एनगिडीले लोकेश राहुललाई क्याच आउट गराए । राहुलको विकेटसँगै भारतको विकेट झर्ने क्रम सुरु भयो । ३३.३ ओभरमा जडेजाले आफ्नो विकेट गुमाए । ३३.५ बलमा बुमराह क्याच आउट हुन पुगे । त्यसपछि ३४ ओभरमा भारतले थप तीन विकेट गुमायो । इनिङ्सको ३४.२ ओभरमा विराट कोहली आउट भए । ३४.३ ओभरमा मोहमद सिराज र ३४.५ ओभरमा डिएसआरका आधारमा प्रसिद्धले विकेट गुमाएका थिए । 

दक्षिण अफ्रिकाविरुद्धको टेस्टको पहिलो इनिङ्सको कुनै समय भारत १५३–५ को स्थितिमा थियो । ११ बलको अन्तरमा बाँकी विकेट गुमाउँदा भारत १५३ रनमै अलआउट भयो ।

भारतका लागि कोहलीले ५९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । शुभमन गिल ४६ रन र कप्तान रोहित शर्माले ३९ रन जोडे । दक्षिण अफ्रिका २३.२ ओभरमा ५५ रनमा अलआउट भएको थियो । दक्षिण अफ्रिकाका कायल भेरेयानले सर्वाधिक १५ र डेभिड बेडिंघमले १२ रन बनाए । 

भारतको पहिलो इनिङ्समा दक्षिण अफ्रिकाका तीन बलरले सामान तीन विकेट लिए । कागिसो राडवाले ११.५ ओभरमा ३८ रन खर्चे । लुन्गीले ६ ओभरमा ३० रन खर्चेर तीन विकेट हात पारे । बर्गरले ४ ओभरमा ४२ रन दिँदै तीन विकेट हात पारे । भारतको उत्कृष्ट बलिङ सामु कमजोर देखेको दक्षिण अफ्रिकाका नौ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका मोहमद सिराजले ९ ओभरमा ३ मेडन राखी १५ रन खर्चेर ६ विकेट लिए । 

बुमराह र मुकेश कुमारले समान दुई विकेट हात पारे । दक्षिण अफ्रिका सिरिजमा १–० ले अघि छ । पहिलो टेस्टमा दक्षिण अफ्रिका इनिङ्स  र ३२ रनले विजयी भएको थियो ।

ad
ad