१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

शुक्रबारदेखि नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:१o:oo

काठमाडौंको भृकुटीमण्डपमा यही २० देखि २२ पुससम्म नेपाल उड फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो।

फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको राखिने आयोजकले जनाएको छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याती प्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा घर बनाउन चाहिने व्यक्ति,आर्किटेक्चर, इन्जिनियर तथा इन्टेरियर  डिजाइनरहरूको सहभागिता रहनेछ।

आयोजकका अनुसार फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र बिक्रेताहरूले काठ व्यवसायीसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हाे। 

प्रदर्शनीलाई विश्वभरका ख्याति प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरूमा भित्र्याउन एउटा पहलकदमीका रूपमा लिइएकाे छ। सो प्रदर्शनी विगत ८ वर्षदेखि हुँदै आएको छ।

ad
ad