१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वैदेशिक लगानीलाई सहजीकरण गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री साउद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:५५:oo

परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक लगानीलाई सहजीकरण गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

क्यानाडा–नेपाल च्याम्बर अफ कमर्स र क्यानेडियन हिन्दु च्याम्बर अफ कमर्सको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्।

प्रतिनिधिमण्डलसँग मंगलबार मन्त्रालयमा भएको अन्तर्क्रियाका क्रममा आगामी अप्रिलमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले भने, ‘वैदेशिक लगानीलाई सहजीकरण गर्ने सवालमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन।’

अन्तर्क्रियाका क्रममा क्यानाडा र नेपालबीचको ब्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो।  
क्यानेडियन हिन्दु च्याम्बर अफ कमर्सका अध्यक्ष नरेशकुमार चाब्बाले नेपालमा विशेष गरी कृषि तथा खाद्य, टेक्सटायल र जलविद्युतका क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको बताए।

क्यानाडा–नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष विजय पौडेल र क्यानेडियन हिन्दु च्याम्बर अफ कमर्सका अध्यक्ष चाब्बाले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

ad
ad