१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार २o:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश भ्रमण वर्ष २०२४ शुभारम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार २o:३८:oo

बागमती प्रदेश सरकारले सन् २०२४ लाई लक्षित गरी प्रदेश भ्रमण वर्ष २०२४ शुभारम्भ गरेको छ।

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरे।

मन्त्री महर्जनले प्रदेशमा रहेका पर्यटकीयस्थल र सम्भावनाहरूको पहिचान, संरक्षण, संवर्द्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरूलाई अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश भ्रमण वर्ष–२०२४ को शुभारम्भ गरेको जानकारी दिए। उनले भ्रमण वर्षभरि प्रदेशभित्र पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरिने बताए।

‘प्रदेशका पर्यटकीयस्थलमा पर्यटक आवागमन बढाउन पर्यटन प्रवर्द्धनका कामहरू गर्ने योजना छ। पर्यटनलाई नागरिकको आर्थिक क्रियाकलापसँग जोडेर प्रदेशमा अर्थतन्त्रलाई समेत गतिशील बनाउने उद्देश्य रहेको छ,’ उनले भने। मन्त्री महर्जनले पर्यटनलाई प्रदेशको आम्दानीको स्रोत बनाउने गरी प्रदेश सरकारले नीति बनाउने पनि दाबी गरे।

उनले विश्व सम्पदा सूचीमा समावेश भएका प्रदेशका ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको उचित संरक्षण र प्रचार प्रसार गरी आगामी दिनहरूमा धेरैभन्दा धेरै पर्यटकहरूले भ्रमण तथा अवलोकन गर्ने वातावरणको निर्माण गर्नु भ्रमण वर्षको मूल उद्देश्य रहेको बताए।

विगतमा कोभिड १९ को महामारी तथा अन्य विभिन्न कारणले सुस्ताएको पर्यटन क्षेत्रलाई पुनः जीवन्त र गतिशील बनाउन प्रदेश भ्रमण वर्ष २०२४ कोशेढुंगो साबित हुने मन्त्री महर्जनले विश्वास व्यक्त गरे।

भ्रमण वर्षमा पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रम गर्न प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयका सचिव गोविन्द रिजालले जानकारी दिए। उनले भ्रमण वर्ष सफल बनाउन श्रव्य दृश्य सामग्री उत्पादन तथा विभिन्न सञ्चारमाध्यमबाट प्रसारण गर्ने, प्रदेशका प्रमुख गन्तव्य समेटिएको पुस्तक तथा ब्रोसर तयार गर्ने, पर्यटन वर्षका विभिन्न टिसर्ट, ज्याकेट, स्टिकरलगायत प्रचार सामग्री उत्पादन तथा वितरण गर्ने, पर्यटकीय नक्सा तयार गर्नेलगायतका कार्यक्रम तय गरिएको जानकारी दिए।

ad
ad