१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार o८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेका पाँच प्रदेश सम्पर्क कमिटीमा नयाँ नेतृत्व

प्रदेश सम्पर्क कमिटीको अधिवेशन सकिएलगत्तै जिल्ला सम्पर्क मञ्चहरूको अधिवेशन गर्ने एमालेको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:४o:oo

एमालेले प्रदेश सम्पर्क कमिटीहरूको अधिवेशन सुरु गरेको छ । आइतबारसम्म पाँच प्रदेश सम्पर्क कमिटीको अधिवेशन सकिएको छ । सात भौगोलिक र एक उपत्यकाविशेष गरी आठ प्रदेशको अधिवेशन सकिएलगत्तै एमालेले गैरभौगोलिक क्षेत्रअन्तर्गत पर्ने प्रदेश सम्पर्क कमिटीको अधिवेशन अगाडि बढाएको हो । 

प्रदेश सम्पर्क कमिटीको अधिवेशन सकिएलगत्तै जिल्ला सम्पर्क मञ्चहरूको अधिवेशन गर्ने एमालेको तयारी छ । केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले आइतबारसम्म मधेश प्रदेश सम्पर्क कमिटी, बागमती प्रदेश सम्पर्क कमिटी, कोशी प्रदेश सम्पर्क कमिटी, लुम्बिनी प्रदेश सम्पर्क कमिटी र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिए । 

जसअनुसार आइतबार सम्पन्न मधेश प्रदेश सम्पर्क कमिटीको अधिवेशनबाट प्रवीणकुमार यादव अध्यक्ष, देव भण्डारी उपाध्यक्ष र वीरबहादुर कुँवर सचिवमा चयन भएका छन् । त्यस्तै, उपसचिवमा चेतकुमारी मैनाली र मोहम्मद इस्लाम राइन निर्वाचित भएका छन् । त्यस्तै, बागमती प्रदेश सम्पर्क कमिटीको अधिवेशनबाट अध्यक्षमा अशोक ठकुरी, उपाध्यक्षमा सरोजमोहन लामा, सचिवमा धनबहादुर पुलामी, उपसचिवमा अमृतकुमार खड्का र सरिता जिरेल चयन भएका छन् । लेखा समिति अध्यक्षमा जगदीश अधिकारी निर्वाचित भएका छन् ।

सुदूरपश्चिम सम्पर्क कमिटीको अध्यक्षमा सुरतबहादुर खत्री, उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्रबहादुर साउद, उपसविचमा पार्वती कठायत र नरेश धमेना चयन भएको एमाले केन्द्रीय कार्यालय सचिव खेम बोहराले जानकारी दिए । लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अधिवेशनबाट अध्यक्षमा श्रीप्रसाद पाण्डे चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा नीलबहादुर सारूमगर, सचिवमा पूर्णबहादुर खत्री, उपसचिवमा ऋषिराम भुसाल र रोमनाथ ज्ञवाली निर्वाचित भएका छन् ।
कोशी प्रदेश सम्पर्क कमिटीको अधिवेशनबाट अध्यक्षमा नवराज घिमिरे निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा विमल काफ्ले, सचिवमा सुरज काफ्ले चयन भएका छन् भने उपसचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने निर्वाचित भएका छन् । 
एमालेले नवौँ महाधिवेशनपछि विधानमै व्यवस्था गरेर प्रदेश सम्पर्क कमिटीलाई पनि जिल्ला कमिटी सोसरहकै हैसियतमा काम गर्ने गरी मान्यता दिँदै आएको छ । केही दिनभित्रै सबै प्रदेश सम्पर्क कमिटीको अधिवेशन सम्पन्न भइसक्ने केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक बस्नेतले बताए । केन्द्रीय सम्पर्क समन्वय कमिटीलाई भने भूगोल क्षेत्रको प्रदेश कमिटी सोसरहको मान्यता दिइएको छ । 

ad
ad