१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘गाउँ आएको बाटो’ ‘पुणे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o६:oo

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ भारतको  ‘पुणे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा छनोट भएको छ।

चलचित्रका निर्माता अमोद राईका अनुसार भारतको महाराष्ट्र राज्यको पुणे सहरमा जनवरी १८ देखि २५ सम्म सञ्चालन हुने फेस्टिभलको ‘ग्लोबल सिनेमा सेक्सन’अन्तर्गत छनोट भएको हो।

विश्वका प्रतिष्ठित चलचित्रकर्मीको जमघट हुने फेस्टिभलमा छनोट हुनु नेपाली चलचित्र क्षेत्रका लागि उपलब्धि रहेको उनले बताए । चलचित्रमा दयाहाङ राई, पशुपति राईलगायतको अभिनय छ । सामुदायिक लगानीको अवधारणामा बनेको ‘गाउँ आएको बाटो’ जेठ १८ गते सार्वजनिक प्रदर्शनमा आउँदै छ।

‘नुमाफुङ’ चलचित्र बनाएर प्रशंसा बटुलेका सुब्बाको ‘गाउँ आएको बाटो’  तेस्रो फिचर चलचित्र हो। उनको दोस्रो चलचित्र ‘गुडबाई काठमाण्डू’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन। यो चलचित्र विश्वका प्रतिष्ठित टोरोन्टो, बुसानलगायत अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा सहभागी भइसकेको छ।