१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १५:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

परालले जलाएको अवस्थामा भेटिएको शवको पहिचान भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:४८:oo

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सिराहाको गागन पुलदेखि दक्षिणमा परालले नचिनिने गरी जलाएको अवस्थामा भेटिएको बेवारिसे शवको २४ घण्टा बित्दासमेत पहिचान हुने सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले शुक्रबार बिहान ११ बजेतिर गागन पुलदेखि करिब दुई किलोमिटर दक्षिण धनगढीमाई नगरपालिका– ६ मा पर्ने गागन खोलाको पूर्वी किनारमा भेटिएको शव पहिचानका लागि प्रयास जारी रहेको बताए।

खोला किनारमा परालले जलाएर नचिनिने अवस्थाको करिब २६ वर्षका पुरुषको शव भेटिएको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरी घटनास्थलको प्रकृतिको मुचुल्कासहित आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा राखिएको उनले बताए।

पराल र झारपातले जलाएको अवस्थामा भेटिएको शव अन्यत्रको हुन सक्ने आशंका गर्दै उनले जिल्लाकै भए अहिलेसम्म पहिचानका लागि सम्बन्धित परिवारका व्यक्ति आइसक्ने उल्लेख गरे। ‘खोला किनारमा भेटिएको शवमा कम्मर पेटी मात्र फेला पारिएकाले पेटीसहितको हुलिया मुलुकभरका प्रहरी युनिटहरूमा पठाएका छौँ,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ।’

ad
ad