१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

ट्रम्प मेन राज्यमा पनि राष्ट्रपतीय निर्वाचनका लागि अयोग्य घोषित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:१६:oo

सन् २०२१ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतीय प्राथमिक (प्रथम चरण)को निर्वाचनमा अमेरिकी राज्य मेनको मतपत्रमा राख्नका लागि अयोग्य घोषित गर्ने निर्णय गरेको छ। 

सन् २०२० को निर्वाचन परिणाम उल्टाउने प्रयासमा अमेरिकी संसद् भवनमा गरेको हिंसामा आफ्ना प्रशंसकलाई उक्साउने काम गरेको ठहर गर्दै पूर्वराष्ट्रपति ट्रम्प मेन राज्यको रिपब्लिकन प्राइमरी निर्वाचनका लागि योग्य नरहने अदालतले फैसला गरेको मेनका स्टेट सेक्रेटरी शेना बेलोजले बताए। ट्रम्पको चुनावी अभियानले बेलोजको निर्णयविरुद्ध मेनको राज्य अदालतमा अपिल गर्ने बताएको छ। 

त्यहाँको सर्वोच्च अदालतले ट्रम्प मेन र अन्य राज्यहरूमा मतपत्रमा समावेश हुने वा नहुने भन्नेबारे अन्तिम निर्णय गर्नेछ। कोलोराडो राज्यकी विदेशमन्त्री जेना ग्रिसबाेल्डले कोलोराडो राज्यको सर्वोच्च अदालतले ट्रम्पविरुद्ध यसअघिको फैसलालाई सदर नगरेसम्म सन् २०२४ को राष्ट्रपतीय प्राइमरी निर्वाचनमा ट्रम्पको नाम यथावत् रहने बिहीबार पुष्टि गरेकी थिइन्। 

कोलोराडो रिपब्लिकन पार्टीले एन्डरसनविरुद्ध कोलोराडो सर्वोच्च अदालतको फैसलाविरुद्ध अपिल गरेको छ। ग्रिसबाेल्डले यससम्बन्धी आफ्नो धारणा राख्दै भनेका छन्, ‘अमेरिकी सर्वोच्च अदालतले मुद्दा लिन इन्कार नगर्दा वा कोलोराडो उच्च अदालतको निर्णयलाई पुष्टि नगर्दासम्म दायर गरिएको अपिलको साथ, ट्रम्पलाई कोलोराडोको सन् २०२४ को राष्ट्रपतीय प्राइमरी निर्वाचनमा उम्मेदवारको रूपमा समावेश गरिनेछ।’ 

यद्यपि, ग्रिसबाेल्डले आफ्नो भनाइमा सन् २०२० को निर्वाचन र विशेष गरी जनवरी ६, २०२१ को अमेरिकी संसदमा भएको घटनालाई चौधौँ संशोधनको धारा ३ अन्तर्गत उल्टाउने प्रयासका कारण ट्रम्प अयोग्य भएको बताएका थिए। पूर्वराष्ट्रपति ट्रम्पले आरोपको खण्डन गर्दै आएका छन्। 
 

ad
ad