१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेशमा एक दिनमै ८८४ सवारी कारबाहीमा

६ लाख ३२ हजार राजश्व संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३७:oo

लुम्बिनी प्रदेशमा बिहीबार एक दिनमै आठ सय ८४ वटा सवारीसाधन कारबाहीमा परेका छन्। प्रदेशका १२ वटा जिल्लामा चेकजाँचका क्रममा सवारी नियम उल्लंघन गर्ने ती सवारीसाधन कारबाहीमा परेका हुन्।
 
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सबैभन्दा धेरै सवारीसाधन कारबाही रुपन्देहीमा भएका छन्। रुपन्देहीमा बिहीबार एक सय ८२ वटा सवारीसाधन कारबाहीमा परेका छन्। यहाँ एक लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

ट्राफिक नियम उल्लंघन गर्ने एक सय ५१ सवारीसाधन बाँकेमा कारबाहीमा परेका छन्। ती सवारीसाधनबाट एक लाख १९ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै, कपिलवस्तुमा एक सय १३ वटा कारबाहीमा ७६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। दाङमा एक सय १२ कारबाहीमा ८१ हजार रुपैयाँ संकलन भएको छ।

प्रदेशका १२ जिल्लामध्ये  रुकुम पूर्वमा कम सवारी कारबाहीमा परेका छन्। यहाँ ६ वटा सवारी कारबाहीमा पर्दा चार हजार पाँच सय रुपैयाँ राजस्श्वव संकलन भएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले कारबाहीमा पर्ने सवारीसाधनमा धेरै दुईपाङ्ग्रे रहेको जानकारी दिए।

लुम्बिनी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमको पालना गराउन सचेतना कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बिहीबार १२ जिल्लाका विभिन्न स्थानमा भएका ४५ वटा कार्यक्रमबाट दुई हजार एक सय ३१ जना  लाभान्वित भएका छन्।

सचेतना कार्यक्रमहरू प्रभावकारी बन्दै गएका कार्यालयको दाबी छ। ट्राफिक नियमको पालना नगर्ने प्रवृत्तिले सवारी दुर्घटना बढ्ने भएकाले नियम पालना गर्न प्रहरीको आग्रह छ।

ad
ad