१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फाइल तस्बिर ।
Invalid date format २१:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पाथीभरामा साढे आठ करोड भेटी संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:oo:oo

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साढे आठ करोड रुपैयाँ भेटी संकलन भएको छ।

भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी संकलन भएको हो। पाथीभरा क्षेत्र विकास समितिले फुङलिङमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मंसिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रुपैयाँ भेटी रकम संकलन भएको छ।

पछिल्लो दुई महिना अर्थात् कात्तिक र मंसिरमा मात्र ६८ लाख ११ हजार एक सय १० रुपैयाँ भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए।

संकलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मंसिर मसान्तसम्ममा १० लाख ७० हजार सात सय ८७ रुपैयाँ खर्च भएको समितिले जनाएको छ। सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमनलगायतमा सो खर्च भएको समितिले जनाएको छ । 

खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ रुपैयाँ बैंकमा मौज्दात रहेको निर्देशक हाङवाङले जानकारी दिए। बैंकमा मुद्दती खातामा ६ करोड ८८ लाख रुपैयाँ मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार चार सय ४० रुपैयाँ रहेको समितिले जानकारी दिएको छ। (रासस)