१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेल र जापानी राजदूतबीच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:५o:oo

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन्। 

सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निसर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गरे। 

साथै, उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसैगरी, आजै राष्ट्रपति पौडेलसमक्ष थाइल्यान्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले पद तथा गोपनीयताको शपथ लिए। उक्त अवसरमा परराष्ट्रमन्त्री एनपी साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो। (रासस)

ad
ad