१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
किथ र्‍याथबोन
२o८१ जेठ ३ बिहीबार o८:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

‘तटस्थ’ रुसी खेलाडीले ओलम्पिक खेल्न पाउने

Read Time : > 2 मिनेट
किथ र्‍याथबोन
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:२४:oo

यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले रुस र बेलारुसका खेलाडी राजनीतिक रूपमा तटस्थ भएमा सन् ०२४ को पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्न योग्य हुने घोषणा गरेको छ । कमिटीको कार्यकारी बोर्डको निर्णयले यसअघिको प्रतिबन्धलाई उल्ट्याएको छ । ‘युक्रेनको राष्ट्रिय ओलम्पिक कमिटीको क्षेत्रीय अखण्डता’ उल्लंघन गरेका कारण रुसी राष्ट्रिय ओलम्पिक कमिटी प्रतियोगिताबाट निलम्बनमा रहे पनि आइओसीले रुसी खेलाडीलाई खेल्न दिने निर्णय गरेको हो । रुसले भने त्यसवेला निलम्बनलाई अस्वीकार गरेको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको निर्णयले पश्चिमा, विशेषतः युक्रेनी नेतालाई क्रुद्ध बनाएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले कमिटीले प्रस्ट ‘रूपमा ‘...रुसलाई ओलम्पिकलाई अस्त्र बनाउन हरियो झन्डा देखाएको’ आरोप लगाएका छन् । सरकारका गतिविधिका लागि व्यक्तिगत खेलाडीलाई जिम्मेवार नबनाउनु राम्रो हो जस्तो लाग्न सक्छ, तथापि यो निर्णय जटिल देखिन्छ । अस्ट्रेलियासहित ३० भन्दा बढी पश्चिमा राष्ट्रले यसअघि खेलकुदमा रुसको सहभागितामा पूर्ण प्रतिबन्ध लगाउन आह्वान गरिसकेका छन् ।

आइओसीका अध्यक्ष थोमस वाचले ‘व्यक्तिगत खेलाडीलाई तिनको सरकारको गतिविधिका लागि सजाय दिन सकिँदैन’ भन्ने तर्क गर्दै आफ्नो निर्णयको बचाउ गरेका थिए । तर, आइओसीको घोषणाको निर्देशनात्मक प्रावधान निकै कडा छन् । प्रावधानअन्तर्गत खेलाडीले रुसी अतिक्रमणलाई खुला रूपमा समर्थन गरेको हुनुहुँदैन र खेलाडी रुसी वा बेलारुसी सेना अथवा सुरक्षा बलमा संलग्न हुनुहुँदैन । र, यी खेलाडीले मुलुकको झन्डा, राष्ट्रिय गान वा राष्ट्रिय चिह्न प्रयोग गर्न पाउनेछैनन् । आइओसीको अनुमानअनुसार यी सर्तलाई जम्मा ११ खेलाडी अर्थात् ६ रुसी र पाँच बेलारुसी खेलाडीले मात्रै पूरा गर्न सक्नेछन् । सन् २०२३ को वसन्त याममा आइओसीले रुसी एवं बेलारुसी खेलाडीलाई खेलाउने नीतिमा काम गर्न थालेको थियो ।

खेलाडीले रुसी अतिक्रमणलाई खुला रूपमा समर्थन गरेको हुनुहुँदैन र ऊ रुसी वा बेलारुसी सेना अथवा सुरक्षा बलमा संलग्न हुनुहुँदैन

आइओसीको हालैको फुकुवा असंगत देखिन्छ । आइओसीको निर्णयअनुसार गैरतटस्थ रुसी र बेलारुसी खेलाडीले ओलम्पिकमा भाग लिन पाउनेछैनन् । आइओसीले झैँ विभिन्न खेलकुद महासंघले पनि रुसी र बेलारुसी खेलाडीलाई तत्तत् महासंघको खेल प्रतियोगितामा प्रतिबन्ध लगाउन सक्नेछन्, नतिजा खेलाडी ओलम्पिकका लागि योग्य हुनेछैनन् । विश्व एथलेटिक महासंघका अध्यक्ष सब कोले महासंघले रुसी एवं बेलारुसी खेलाडीलाई प्रतिबन्ध लगाउने जनाएका छन् । तर, विश्व तेक्वान्दो र जुडो महासंघले रुस र बेलारुसका खेलाडीलाई योग्यता खेलमा खेल्न अनुमति दिएको छ । यही सेप्टेम्बरमा अन्तर्राष्ट्रिय प्याराओलम्पिक कमिटीले तटस्थ खेलाडीले खेलमा सहभागिता जनाउन पाउने निर्णय गरेको छ ।    

 पेरिस ओलम्पिक ०२४ का खेल हुन मात्र सात महिना बाँकी छ र आइओसीको निर्णय अन्तिम देखिन्छ । तर, निराश पश्चिमा नेतासँग अन्य विकल्प भने छन् । गत वर्ष पश्चिमा अधिकारीले रुस र बेलारुसका खेलाडीले प्रतिस्पर्धा गरेमा ओलम्पिक बहिष्कार गर्ने चेतावनी दिएका थिए । हामीसँग राजनीतिक रूपमा प्रेरित ओलम्पिक बहिष्कार र बहिष्कारको चेतावनीको लामो इतिहास छ । सन् १९८० मा अमेरिका र ६६ अन्य देशले अफगानिस्तानमा सोभियत संघले अतिक्रमण गरेको भन्दै मस्कोका खेल बहिष्कार गरेका थिए । प्रतिक्रियास्वरूप सन् १९८४ मा सोभियत संघ र साझेदार मुलुकले लस एन्जलस ओलम्पिक बहिष्कार गरेका थिए ।

उसो त सम्भावना न्यून छ, तर पेरिस ओलम्पिकको सम्भावित बहिष्कारले ओलम्पिकका आयोजकलाई गम्भीर असर पार्न सक्छ । आयोजक मुलुक फ्रान्स एक पश्चिमा मुलुक भएकाले युक्रेनको कट्टर समर्थक हो । हालै राष्ट्रपति इमानुएल म्याक्रोँले ‘युरोपेली संघमा प्रवेश पाउन संघर्ष गरिरहेको राष्ट्र युक्रेनलाई समर्थन जारी राख्ने’ बताएका थिए । 

स्वीकार्य रणनीतिका रूपमा पश्चिमा अधिकारीले रुस र बेलारुसका खेलाडीलाई ओलम्पिकका लागि पश्चिमा युरोपमा आयोजना हुने अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा भाग लिनबाट प्रतिबन्ध लगाउन सक्छन् । यस्तो उपाय लागू गर्दा पेरिसमा हुने खेलमा रुस र बेलारुसका खेलाडी योग्य नभएर खेल्न पाउनेछैनन् । इतिहासकार हिथर डिच्टरले ओलम्पिकमा प्रतिबन्धको लामो इतिहास रहेको जनाएका छन् ।

सन् १९६० को दशकमा पूर्वी–जर्मनीका खेलाडीलाई नेटोले पश्चिम युरोपमा यात्रा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धका कारण पूर्वी–जर्मनीका खेलाडीले ठूला खेल खेल्न पाएनन् र ओलम्पिकमा सहभागी हुन् सकेनन् । केही पश्चिमा नेताले रुसी र बेलारुसी खेलाडीलाई यात्रा प्रतिबन्ध लगाउने प्रयास गरिसकेका छन् । पोल्यान्डका राष्ट्रपति एन्द्रेज दुदाले रुसी र बेलारुसी फेन्सर (तरवार युद्धका खेलाडी) लाई जुनमा हुने योग्यता प्रतियोगिताका लागि भिसा दिन अस्वीकार गरेका थिए । पछि अन्तर्राष्ट्रिय फेन्सिङ महासंघले योग्यता प्रतियोगिता तटस्थ खेलाडीले प्रतिस्पर्धा गर्न सक्ने बुल्गेरियामा सारेको थियो ।

फ्रान्सेली अधिकारीले ओलम्पिक अवधिमा रुस र बेलारुसका सबै खेलाडीलाई पेरिस प्रवेश गर्नबाट पूर्ण निषेध गर्ने उपाय पनि लागू गर्न सक्छन् । यदि अन्तिम समयमा यसो गरियो भने आयोजक समितिसँग प्रतिक्रियाका लागि पनि सीमित विकल्प हुनेछन् । वास्तवमा यस्तो प्रतिबन्ध युरोपेली संघका मुलुकको नीतिअनुरूप हुनेछ । नीतिअनुसार रुसी पर्यटन र यात्रामा प्रतिबन्ध छ । तर, फ्रान्सेली राष्ट्रिय ओलम्पिक समितिले यो कदमको विरोध गर्न सक्नेछ किनभने यसो हुँदा फ्रान्सलाई सन् ०३० को हिउँदे ओलम्पिकको दाबीमा अप्ठ्यारो पर्नेछ । 

अन्तर्राष्ट्रिय ध्यान इजरायल–हमास द्वन्द्वमा गइरहेका वेला पश्चिमा नेताले कस्तो प्रतिक्रिया दिनेछन्, हेर्न बाँकी नै छ । तथापि जटिल भूराजनीतिक परिदृश्यलाई ध्यानमा राख्दै लिइने प्रतिक्रिया रणनीतिक रूपमा सोचेर लिइनेछ ।
(र्‍याथबोन आधुनिक युरोपेली इतिहास र खेल इतिहास मेकक्वायर विश्वविद्यालयका वरिष्ठ लेक्चरर हुन्) 
द कन्भर्सेसनबाट

ad
ad