१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:o८:oo

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य बुधबार पूरा भएको छ । १ जनवरीदेखि बुधबार राति ९ बजेसम्म १० लाख एक हजार ८४४ विदेशी पर्यटक भित्रिए । सन् २०२२ मा आएका थिए ६ लाख १४ हजार विदेशी पर्यटक ।

चालू वर्ष सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा भएको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार बुधबार राति ९ बजेसम्म १० लाख एक हजार आठ सय ४४ पर्यटक भित्रिएका हुन् । 

पर्यटक आगमन उत्साहजनक रह्यो : मणिराज लामिछाने निर्देशक, पर्यटन बोर्ड

कोभिडले विश्वव्यापी महामारीको रूप लिनुअघि सन् २०१९ मा नेपाली पर्यटन उद्योगको इतिहासमै धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसयता पर्यटक आगमन क्रमशः ओरालो लागेकोमा गत वर्षदेखि सुधार भयो । यसपालि पर्यटक आगमन उत्साहजनक रह्यो ।

यो वर्ष सकिन चार दिन बाँकी छ । त्यसैले केही हजार पर्यटक अझै बढ्ने बोर्डले जनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको बजेटमै सन् २०२३ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १० लाख पुर्‍याउने घोषणा गरेका थिए । मंगलबार रातिसम्म विभिन्न देशबाट नौ लाख ९९ हजार एक सय नौ पर्यटक नेपाल आएका पर्यटन बोर्डको तथ्यांक छ । बुधबार राति ९ बजेसम्म थप दुई हजार सात सय ३५ पर्यटकबाट भित्रिएको अध्यागमन विभागको आइटी शाखाका कम्प्युटर इन्जिनियर प्रमोद शर्माले बताए । 

कोभिड महामारीपछि करिब शून्यमा झरेको पर्यटक आगमन गत वर्षदेखि लयमा फर्किएकोमा यो वर्ष उत्साहजनक देखिएको हो । गत वर्ष सन् २०२२ मा ६ लाख १४ हजार विदेशी पर्यटक भित्रिएका थिए ।

कोभिडले विश्वव्यापी महामारीको रूप लिनुअघि सन् २०१९ मा नेपाली पर्यटन उद्योगको इतिहासमै धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसयता पर्यटक आगमन क्रमशः ओरालो लागेकोमा गत वर्षदेखि सुधार भयो । यसपालि पर्यटक आगमन उत्साहजनक रह्यो,’ पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने । उनले आगामी वर्ष सन् २०२४ मा पर्यटक आगमनले २०१९ को रेकर्ड तोड्ने संकेत देखाएको पनि बताए । 

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बढ्दो पर्यटक आगमनले अर्थतन्त्र सुधारमा भूमिका खेल्ने बताएका थिए । उनले आगामी वर्ष पर्यटक आगमन दोब्बर पुर्‍याउने घोषणा पनि गरेका थिए । 

भारतपछि अमेरिकाबाट भित्रिए धेरै पर्यटक, तेस्रो नम्बरमा चिनियाँ 
विगतमा जस्तै सन् २०२३ मा पनि खुला सीमा रहेको छिमेकी भारतबाटै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । पर्यटन बोर्डको तथ्यांकअनुसार १० लाखमा तीन लाख १३ हजार नौ सय एक पर्यटक भारतीय छन् । 

त्यस्तै, अमेरिकाबाट ९९ हजार तीन सय २६ र चीनबाट ५९ हजार पाँच सय ८३ पर्यटक भित्रिए । कोभिडअघिसम्म भारतीयपछि चिनियाँ पर्यटक धेरै भित्रिन्थे । चीनले आफ्ना नागरिकलाई लामो समय भ्रमणमा निस्कन कडाइ गरेपछि नेपाल भित्रिने चिनियाँ घटेका हुन् । आगामी वर्ष चिनियाँ पर्यटक आगमन उल्लेख्य बढ्ने अनुमान लामिछानेको छ ।

त्यस्तै, संयुक्त अधिराज्य (युके)बाट ५२ हजार चार सय ९६ पर्यटक भित्रिँदा अस्ट्रेलियाबाट ३८ हजार एक सय ४९, बंगलादेशबाट ३५ हजार चार सय ९२, जर्मनीबाट २६ हजार सात सय ९३, थाइल्यान्डबाट २५ हजार दुई सय ७०, साउथ कोरियाबाट २३ हजार चार सय ३७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । पछिल्लो समय बंगलादेशबाट पनि ठूलो संख्यामा पर्यटक आउन थालेका छन् । भदौ पहिलो साता एकैपटक सात सय बंगलादेशी पर्यटक जहाज चार्टर्ड गरेर नेपाल घुम्न आएका थिए ।

कुन महिना कति पर्यटक भित्रिए ?

 

ad
ad