Skip This
पाकिस्तानमा प्रदूषणविरुद्ध लड्न पहिलोपटक कृत्रिम वर्षा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १० मंगलबार
  • Saturday, 27 July, 2024
२o८o पौष १० मंगलबार १o:५८:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

पाकिस्तानमा प्रदूषणविरुद्ध लड्न पहिलोपटक कृत्रिम वर्षा

विश्वको सबैभन्दा बढी प्रदूषित सहरमध्येको एक लाहोरमा खतरनाक धुवाँको सामना गर्न क्लाउड सिडिङ प्रयोग गरिएको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o पौष १० मंगलबार १o:५८:oo

पाकिस्तानी सहर लाहोरमा प्रदूषणको खतरनाक स्तरसँग जुध्न पहिलोपटक कृत्रिम वर्षाको प्रयोग गरिएको छ । क्लाउड–सिडिङ उपकरणले सुसज्जित विमान यसै साताको शनिबार पूर्वी सहरमा उडाइएको थियो । पाकिस्तानी दोस्रो ठूलो सहर लाहोर प्रायः वायु प्रदूषणको दृष्टिले विश्वव्यापी रूपमा सबैभन्दा खराब स्थानमध्ये एक मानिन्छ । बढ्दो प्रदूषणलाई केही हदसम्म भए पनि नियन्त्रण गर्न क्लाउड–सिडिङ विधि प्रयोग गरिएको हो । यो तरिका प्रयोग गरेपछि हल्का पानी परेको थियो ।

‘लाहोरका कम्तीमा १० क्षेत्रमा हल्का पानी परेको छ,’ पन्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले पत्रकारलाई भने । अधिकारीले १५ किलोमिटरको दायरामा कृत्रिम वर्षाको प्रभावको अनुगमन गरेका थिए ।लाहोरमा हावाको गुणस्तर विगत केही हप्तामा नराम्रोसँग बिग्रिएको छ र पन्जाब सरकारले हावाको गुणस्तर सुधारमा सहयोग गर्न व्यवसाय चाँडै बन्द गर्ने र विद्यालय थप दुई दिन बन्द राख्नेजस्ता धेरै रणनीति अपनायो । तर, त्यसको कुनै असर देखिएन । प्रदूषण नियन्त्रण हुनुको सट्टा झन् बढिरह्यो ।

कृत्रिम वर्षा गर्ने उपकरणलाई ‘उपहार’स्वरूप संयुक्त अरब इमिरेट्सले प्रदान गरेको थियो । १०– १२ दिनअघि दुई विमानसहित युएईबाट टोली आइपुगेको थियो । तिनीहरूले वर्षा उत्पन्न गर्न ४८ वटा चम्किने वस्तु प्रयोग गरेका थिए । टोलीले शनिबार रातिसम्म क्लाउड–सिडिङ उपकरण प्रयोगको प्रभावको मूल्यांकन गर्न सक्षम हुने बताइएको छ ।

देशको सुक्खा क्षेत्रमा वर्षा ल्याउन संयुक्त अरब इमिरेट्सले बढ्दो रूपमा क्लाउड सिडिङको प्रयोग गरेको छ, जसलाई कहिलेकाहीँ कृत्रिम वर्षा वा ब्लुस्किइङको रूपमा पनि उल्लेख गरिएको छ । क्लाउड–सिडिङ प्रक्रियामा कम्प्रेसनलाई वर्षाको रूपमा उत्प्रेरित गर्न सिल्भर आयोडाइड (एक प्रकारको पहेँलो नुन) एसिटोनको साथ बादलमा जलाइन्छ ।

सरकारले जनतालाई कृत्रिम वर्षा प्रदान गर्ने आश्वासन दिँदै आएको छ । मुख्यमन्त्री नक्वीले युएईका सयभन्दा बढी वार्षिक मिसन र संयुक्त राज्य अमेरिका, चीन र भारतलगायत दर्जनौँ देशहरूमा प्रयोग हुने यस्तै प्रविधिको उदाहरण पेस गर्दै यस्तो आश्वासन दिएका हुन् ।

दक्षिण एसियामा हालैका दशकमा बढ्दो औद्योगिकीकरणले सघन जनसंख्या भएका क्षेत्रमा कारखाना, निर्माण गतिविधि र सवारीसाधनबाट निस्कने प्रदूषणमा वृद्धि भएको छ ।

लाहोरमा विषाक्त धुवाँ
केही हल्का वर्षाले पनि प्रदूषण घटाउन प्रभावकारी हुने विज्ञहरूले बताएका छन् । पिएम २.५ प्रदूषकहरूको स्तर (क्यान्सर पैदा गर्ने सूक्ष्म कणहरू, जुन फोक्सोको माध्यमबाट रक्त–प्रवाहमा प्रवेश गर्छ) गत शनिबार लाहोरमा विश्व स्वास्थ्य संगठनको खतरा सीमाभन्दा ६६ गुणा बढी खतरनाक मापन गरिएको थियो । न्युन ग्रेडको डिजलबाट निस्कने धुवाँ, मौसमी बालीबाट उत्पन्न हुने धुवाँ तथा धुलोका कारण हालैका वर्षमा पाकिस्तानमा वायु प्रदूषण खराब बनेको छ ।

लाहोर विषाक्त धुवाँबाट सबैभन्दा बढी प्रताडित छ । प्रदूषणका कारण जाडो मौसममा लाहोरका ११ लाखभन्दा बढी बासिन्दाको फोक्सोमा विभिन्न स्वास्थ्य समसया आउने बताइन्छ । घातक स्वास्थ्य परिणाम निम्तिने गरेका छन् । डब्ल्युएचओका अनुसार लामो समयसम्म प्रदूषणमा रहँदा स्ट्रोक, हृदय रोग, फोक्सोको क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्छ ।

पाकिस्तानी अधिकारीले मध्यपन्जाब प्रान्तमा वायु प्रदूषण निम्त्याउन औद्योगिक उत्सर्जन, इँट्टाभट्टा, सवारीसाधनबाट निस्कने धुवाँ, बालीको अवशेष र सामान्य फोहोर जलाउनुलाई दोष लगाउँछन् ।सरकारले सहरमा कृत्रिम वर्षाका लागि थप उपाय अपनाउने भएको छ, जसअन्तर्गत धुवाँ टावरहरू (प्रदूषण नियन्त्रण गर्न डिजाइन गरिएको ठूला–ठूला एयर प्युरिफायरहरू) पनि आगामी हप्ताहरूमा स्थापना गरिनेछ ।

दक्षिण एसियामा हालैका दशकमा बढ्दो औद्योगिकीकरणले सघन जनसंख्या भएका क्षेत्रमा कारखाना, निर्माण गतिविधि र सवारीसाधनबाट निस्कने प्रदूषणमा वृद्धि भएको छ ।जाडो महिनामा समस्या झन् गम्भीर हुन्छ, किनकि तापक्रम परिवर्तनले न्यानो हावाको तहलाई बढ्नबाट रोक्छ र प्रदूषकहरूलाई जमिनको नजिक लैजान्छ ।बढ्दो वायु प्रदूषणले विश्वको सबैभन्दा प्रदूषित क्षेत्रमध्ये एक दक्षिण एसियामा प्रतिव्यक्तिको आयु पाँच वर्षभन्दा बढीले घटाउन सक्ने अगस्टमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ ।पाकिस्तान विश्वव्यापी कार्बन उत्सर्जनको एक प्रतिशतभन्दा कमका लागि जिम्मेवार छ, तर शीर्ष १० जलवायु–संवेदनशील राष्ट्रमा पर्छ ।
(अलजजिराबाट)