१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनहरीमा हात्ती आतंक बढ्दो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:o५:oo

मकवानपुरको मनहरीमा केही दिनयता जंगली हात्तीको आतंक बढेको छ। जंगली हात्तीको आक्रमणबाट एक सातामा एक महिला घाइते भएकी छिन् भने केही स्थानीयको घर र गोठमा क्षति पुगेको छ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार शनिबार राति मनहरी गाउँपालिका– ७ बिजौनामा हात्तीको आक्रमणबाट ५१ वर्षकी कान्छीमाया तामाङ घाइते भएकी छिन्। पर्सा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले तामाङलाई आक्रमण गरेको थियो।

घरबाट बाहिर निस्किँदा तामाङलाई हात्तीले आक्रमण गरेको र ढाडमा चोट लागि बेहोस भएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए। घाइते तामाङको मनहरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेज पठाइएको छ।

यसअघि शुक्रबार राति १ बजेको समयमा मनहरी– ८ को सिमपानीमा रामहरी सुवेदीको घरमा क्षति पुर्‍याउनुका साथै घरमा रहेको १ बोरा धान खाएको थियो। यस्तै, बुधबार राति मनहरी– ६ नयाँबस्तीमा हात्तीले दुईवटा घरमा क्षति पुर्‍याएको थियो।

हात्तीले स्थानीय बुद्धि राईको ब्लक र जस्ताले छाएको एकतले घर र नारायण श्रेष्ठको घरमा क्षति पुर्‍याएको छ भने स्थानीय मंगलसिंह थिङको भान्सामा राखेको १ बोरा धान र १ बोरा चामल खाइदिएको छ।

हात्तीलाई स्थानीय र प्रहरी तथा निकुञ्जका कर्मचारी मिलेर पटक-पटक जंगलमा धपाए पनि पुनः बस्तीमा आएर दुःख दिएको प्रवक्ता भण्डारीले बताए।
 

ad
ad