१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अवैध जडीबुटीसहित लमजुङबाट दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:१४:oo

जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडीबुटीसहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले तीन सय ९० किलो अवैध जडीबुटी (सुनगाभा) लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको हो । मर्स्याङ्दी– ३ खुदी प्रहरीले चेकजाँचको क्रममा अवैध रूपमा ल्याएको जडीबुटी फेला पारेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिका– ४ देखि बेँसीसहरतर्फ आउँदै गरेको ग.१ज ६६५७ नम्बरको जिपमा उक्त जडीबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चापागाईंले बताए ।

जडीबुटी ओसारपोसार कार्यमा संलग्न सोही जिपमा सवार मर्स्याङ्दी– ४ का ३९ वर्षीय श्रीप्रसाद लामा र जिपचालक जगरबहादुर गुरुङलाई जडीबुटीसहित पक्राउ गरी अन्नपूर्ण संरक्षण क्षेत्र भुजुङसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाहीका लागि पोखरास्थित एक्यापमा पठाइएको जिल्ला प्रहरीले कार्यालय लमजुङले जनाएको छ ।

ad
ad