१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ठगी आरोपमा वडासदस्यसहित चारजना कारागार चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १८:५४:oo

ठगी गरेको आरोपमा पक्राउ परेका पोखरा महानगरपालिकाका एक वडासदस्यसहित चारजना कारागार चलान भएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ६ का वडासदस्य पोखरा– ६ खहरेका ४२ वर्षीय दीपेन्द्र पहारीसँगै अन्य तीनजना कारागार चलान भएका हुन्। पहारी नेकपा एमालेका तर्फबाट निर्वाचित वडासदस्य हुन्।

पक्राउ पर्ने अन्यमा गत स्थानीय निर्वाचनमा एकीकृत समाजवादीका तर्फबाट सोही वडाको वडासदस्यमा उम्मेदवारी दिएर पराजित भएका पोखरा– ६ लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, पोखरा– ६ लेकसाइड बस्ने २२ वर्षीय प्रवीन विश्वकर्मा र सोही स्थानका २४ वर्षीय अभिषेक परियार (अप्पे) भनिने अभिषेक बराल रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडस्थित फेवातालको फुटट्र्याकमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्क्याई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको आरोपमा २२ मंसिरमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

तालकिनारको फुटट्रयाकमा फोटोग्राफी गरेबापत मिलन पहारीसमेतले धम्क्याई प्रतिव्यक्ति १३ हजार पाँच सय लिएको र फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भनी १५ जनाले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्दा दर्ता गरेको थियो।

ठगी मुद्दा दर्तापछि जिल्ला अदालत कास्कीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्दामा पुर्पक्षको लागि कारागार चलान गरेको थापाले जानकारी दिए। घटनामा संलग्न भनिएका अन्य तीन–चारजना अझै फरार रहेकाे बताइएको छ।
 

ad
ad