१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप महिला टी-२० : गण्डकीद्वारा कर्णाली पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१६:oo

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ। 

गण्डकी प्रदेश ४४ रनले विजयी भएको हो। जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । बिहीबार खेलेको पहिलो खेलमा गण्डकी लुम्बिनी प्रदेशसँग चार विकेटले पराजित भएको थियो।
 
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनायो । जितका लागि एक सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रनमा समेटियो।

गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीको उत्कृष्ट साझेदारी गरे। अञ्जलीले ५१ रन बनाइन्। उनले ४८ बल खेल्ने क्रममा आठ चौका प्रहार गरिन्। यस्तै ज्योत्स्निकाले ४० बलमा पाँच चौका र एक  छक्कासहित ५० रन बनाइन् । यस्तै सुमन खतिवडाले १७ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाइन्। 

बलिङतर्फ कर्णालीकी यमुना थारू र अन्जु गुरुङले दुई तथा रश्मी खड्काले एक विकेट लिइन्।

यसैगरी, कर्णालीका लागि ९७ रन बनाउने क्रममा गौरी बोहाेराले २६, यमुना थारुले २१ तथा तृसना विश्वकर्माले १९ रन जोडिन्। 

बलिङतर्फ गण्डकी प्रदेशकी रचना चौधरीले दुई तथा सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले एक–एक विकेट लिए। जारी प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो। यसअघि बिहीबार खेलेको पहिलो खेलमा कर्णाली कोशी प्रदेशसँग १० विकेटले पराजित भएको थियो।