१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल–बेलायत सन्धिको सय वर्ष : हस्ताक्षर भएकै सिंहदरबारको हलमा शतवार्षिकी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:५८:oo

नेपाल र बेलायतबीच शान्ति सन्धि भएको सय वर्ष पुगेको छ । सय वर्षअघि आजकै दिन अर्थात् १९२३ डिसेम्बर २१ (१९८० पुस ६) मा सिंहदरबारमा सन्धिमा हस्ताक्षर भएको थियो । 

सन्धि भएकै हल (सिंहदरबारको पश्चिमतिरको स्टेट हल)मा बिहीबार परराष्ट्र मन्त्रालयले सन्धिको शतवार्षिकी आयोजना ग¥यो । भारतसहित दक्षिण एसियामा बेलायती उपनिवेश रहेको त्यस समयमा नेपाल र बेलायतबीच दुई स्वतन्त्र मुलुकको हैसियतमा सन्धि भएको थियो । सन्धिको नाम नेपाल–बेलायत स्थायी शान्ति तथा मैत्री सन्धि दिइएको थियो । बेलायतले नेपालको स्वतन्त्र हैसियतलाई मान्यता दिने गरी सन्धिमा हस्ताक्षर भएकै ठाउँमा परराष्ट्र मन्त्रालयको आयोजनामा बिहीबार सन्धिको शतवार्षिकी मनाइएको हो ।

नेपालले बेलायतसँग युद्धमा हारेपछि १८१६ मार्च ४ मा सुगौली सन्धि भएको थियो । नेपालले पूर्वमा मेचीदेखि टिष्टासम्म र पश्चिममा महाकालीदेखि सतलजसम्मको जमिन गुमाउने गरी सुगौली सन्धि भएको एक सय सात वर्षपछि बेलायतले नेपाललाई औपचारिक रूपमा नै स्वतन्त्र अस्तित्व स्वीकार गरेको थियो । सन्धिमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर तथा नेपालका लागि तत्कालीन बेलायती रेजिडेन्ट (राजदूत) लेफ्टिनेन्ट कर्नेल डब्लुएफटी ओकोनरले हस्ताक्षर गरेका थिए । सन्धिमा हस्ताक्षर भएपछि दुई दिन नेपाल सरकारले सार्वजनिक बिदा दिएको थियो । करिब दुई वर्ष नेपाल र बेलायतबीच सघन वार्तापछि सन्धिले पूर्णता पाएको थियो । त्यसको २४ वर्षपछि भारतबाट बेलायती उपनिवेश अन्त्य भएको थियो । 

नेपाल र बेलायतबीच सन् १८१६ को सुगौली सन्धिसँगै द्विपक्षीय सम्बन्ध सुरुवात भएको परराष्ट्रमन्त्री साउदले बताए । ‘सन् १९२३ मा सन्धिमा हस्ताक्षर भएपछि नेपाल र बेलायतका बीचमा पारस्परिक विश्वास थपिएको हो,’ उनले भने । बेलायती राजदूत रब फेनले नेपाल कहिल्यै कसैको उपनिवेश नभएको भन्दै दुई देशको सन्धिले सय वर्ष मनाउन पाउँदा आफू उत्साहित भएको बताए । ‘सय वर्षअघि सन्धिमा हस्ताक्षर भएकै हलमा शतवार्षिकी समारोहमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी छु,’ बेलायती राजदूत फेनले त्यही हलमा आयोजित कार्यक्रममा नेपाली भाषामा सम्बोधन गर्दै भने ।

बेलायतको इन्डो प्यासिफिकसम्बन्धी मन्त्री अन्न मारिए त्रिभेलेनले सन्धिमा हस्ताक्षर भएकै ठाउँमा सय वर्षपछि नेपाल–बेलायत सन्धिको शतवार्षिकी मनाउनु रोचक भएको टिप्पणी गरेकी छिन् । उनले ट्विटरमा भनेकी छन्, ‘वास्तवमा यो हाम्रो साझा इतिहासको कोसेढुंगा हो । हामी साझा उद्देश्य पूरा गर्न भविष्यमा थप सहकार्यका लागि उत्साहित छौँ ।’ 

०७२ वैशाखको भूकम्पले चर्किएपछि सिंहदरबारको जीर्णोद्धार सकिएपछि यो हल प्रयोगमा आएको छ । परराष्ट्रसचिव सेवा लम्सालको आयोजनामा भएको कार्यक्रममा नेपाल–बेलायत सम्बन्धमा जानकार, पूर्वराजदुत, कूटनीतिज्ञ सहभागी थिए । 

ad
ad