१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
दृष्टिकोण डिजिटल संस्करण

माफियाको चलखेलमा किन पर्छ सरकार ?

जसले निगमलाई सिध्याउन खोज्यो त्यो सिद्धिएको इतिहास छ, कसैको पद गएको छ त कोही सीधै माथि गएका छन् । चेतना भया ।

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:१७:oo

नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक हो । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमअनुसार उडानको साथै एयरपोर्टको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ । नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ अन्तर्राष्ट्रिय IATA ISAGO Cretified छ र यो हरेक दुई वर्षमा Service/ Safety Quality Audit पश्चात् मात्र पाउने सर्टिफिकेट हो । नेपालमा यो सर्टिफिकेट पाउने नेपाल वायुसेवा निगम मात्र हो, अरू छैन ।

यो राज्यको सम्पत्ति हो र आफ्नै राष्ट्रिय ध्वजावाहक फहराउँदै देश–विदेशमा उच्चस्तरीय भ्रमण हुँदा सबैको छाती गर्वले फुल्छ । मर्दा, पर्दा, अलपत्र हुँदा निगमले तुरुन्त उडेर उद्धार गरेको छ । इजरायलको घटना होस् वा लकडाउन होस् वा अफगानिस्तानको आक्रमण होस् वा जाजरकोटको भूकम्प होस् देशले नेपाल वायुसेवा निगममार्फत सशक्त उपस्थिति देखाएको छ । भन्नेबित्तिकै उडेर सेवा दिएको छ । नेपाल वायुसेवा निगम देशको पहिचान हो, इज्जत हो । अरू देशसँग जोडिने गगन- सेतु हो ।

निगमले उडान भरेर र ग्राउन्ड ह्यान्डलिङ गरेर विदेशी मुद्रा आर्जन गर्छ, प्रत्यक्ष रेमिट्यान्स भित्र्याउँछ । यसले यात्रु र पर्यटक बोकी बर्सेनि करिब रु. २० अर्बबराबरको विदेशी मुद्राको संचिति बढाई देश अर्थिक रूपमा समृद्ध गर्न सघाउँछ । आफ्नो कमाइको १५ प्रतिशत रोयल्टी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई र १३ प्रतिशत भ्याट एवं आयकरसमेत सरकारलाई बुझाइरहेको छ । सञ्चय कोष र नागरिक लगानी कोषको ऋण पनि तिरिरहेको छ । दुर्गम क्षेत्रमा उडान भर्ने जहाजसमेत थप्दै छ । यसो हुँदा किन माफियाहरूको टाउको दुख्छ ?

पटक–पटक निगमको ग्राउन्ड ह्यान्डलिङ खोस्न किन लागि परिरहन्छन् ? माफियाहरूको चलखेलमा सरकार किन पर्छ ? जसले निगमलाई सिध्याउन खोज्यो त्यो सिद्धिएको इतिहास साक्षी छ, कसैको पद गएको छ त कोही सीधै माथि गएका छन् । चेतना भया ।

ad
ad