मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १५:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सदन सञ्चालनमा प्रदेश सरकार गम्भीर नभएको एमालेको ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२४:oo

नेकपा एमाले बागमती प्रदेश संसदीय दललेले संसद् सञ्चालन गर्न नसकेको भन्दै प्रदेश सरकारको विरोध जनाएको छ।

संसदीय समितिको मंगलबार बसेको बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै एमालले सरकारले संसद्लाई छल्ने काम गरिरहेको दाबी गरेको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले सदन सञ्चालन नगरेर जनप्रतिनिधिहरूले बोल्ने ठाउँ नै बन्द गरेको आरोप लगाए। उनले सरकार आफ्ना गल्ती–कमजोरी बाहिर आउलान् भनेर सदन बन्द गरेर भागेको दाबी गरे।

‘सरकार सदन बन्द गरेर जनप्रतिनिधिको मुख बन्द गर्ने प्रयत्नमा लागेको छ। आफ्ना कमी–कमजोरी बाहिर आउलान् भन्ने सरकारलाई डर छ। सदन यसैगरी बन्द गरिराख्ने हो भने हामीले कहाँ गएर बोल्ने ?,’ उनले प्रश्न गरे।

नेता थपलियाले प्रदेश सरकार प्रतिपक्षी दलसँग गरेको सम्झौताबाट भाग्न खोजेको आरोप पनि लगाए। उनले बजेटमा बार्गेनिङ गरेर एमालेले संसद् अवरोध गर्ने गरेको आरोप लगाउँदै सरकार आफूले गरेको सहमतिबाट पन्छिन खोजेको दाबी गरे। 

‘एमालेलगायतका प्रतिपक्षी दलहरूले प्रदेशका सबै क्षेत्रलाई समानुपातिक रूपमा बजेट विनियोजनको माग गरेका हुन्। सरकारले बजेट निर्माणमा भएको कमजोरी सच्याएर जाने सहमति गरेको थियो। तर, अहिले प्रतिपक्षीलाई दोष दिएर सरकार भाग्न खोज्दै छ। हामी चुप लागेर बस्दैनौँ,’ उनले भने।

यस्तै, नेता थपलियाले संसदीय समिति चयनको विषयमा पनि सरकारले आलटाल गरिरहेको बताए। प्रदेश सभा गठन भएको एक वर्ष पुग्दासमेत समिति चयन गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ। नेता थपलियाले यथाशक्य दलीय सहमतिका आधारमा संसदीय समितिको सभापति चयन प्रक्रिया थाल्न सरकारसँग माग गरे।