१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार ११:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

‘नेर्पा भुलभुले अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता’ २२ पुसबाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार ११:३९:oo

नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङले यही पुस २२ बाट ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन गर्ने भएको छ।

क्लबले मंगलबार पत्रकार सम्मेलन गरेर दोस्रो संस्करणअन्तर्गतका प्रतियोगिताबारे जानकारी दिएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ६ नेर्पाको आफ्नै खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद रु. एक लाख ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको उपविजेताले नगद रु. ७५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव वीरेन गुरुङले जानकारी दिए। 

‘खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताका सेमिफाइनलिस्ट दुईवटा टिम (टोली)ले नगद रु. २५–२५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ। 

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १६ वटा टिमलाई सहभागी गराइने क्लबका अध्यक्ष शरद राईले जानकारी दिए। ‘खेल फिफाको नियमअनुसार सञ्चालन गरिन्छ। तर, खेलाडी नौजना मात्र खेलाइन्छ,’ उनले भने, ‘एउटा टिममा कम्तीमा पनि ६ जना खेलाडी आफ्नै वडाको हुनुपर्नेछ। तीनजना बाहिरका खेलाडीसमेत सहभागी गराउन पाउने व्यवस्था मिलाएका छौँ। यसले स्थानीयस्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्नेछ।’

पुस १६ गतेसम्ममा टिम दर्ता गरिसक्नुपर्ने र पहिले आउने टिमलाई सहभागिताका लागि प्राथमिकता दिइने आयोजकले जनाएको छ। खेलाडी संख्या १३ जना निर्धारण गरिएको प्रतियोगितामा हरेक टिममा एकजना व्यवस्थापक र एकजना प्रशिक्षक अनिवार्य गरिएको छ। 

पुस २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र समापन प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले गर्ने आयोजकले जनाएको छ। 

०७६ सालमा स्थापना गरिएको नेर्पा स्पोर्टस् क्लबले ०७७ मा पहिलो संस्करण सञ्चालन गरेको थियो। कोभिड– १९ का कारण अन्य संस्करण सञ्चालन गर्न नपाएको क्लबले आगामी दिनमा अन्य संस्करणलाई निरन्तरता दिने पत्रकार सम्मेलनमार्फत जनाएको छ।  


 

ad
ad