१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o९:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘जेएन वान’  कोभिडले वृद्धवृद्धालाई गम्भीर बनाउँदै 

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:५१:oo

भारतलगायत देशमा हाल फैलिएको कोभिड भाइरसको नयाँ सबभेरियन्ट ‘जेएन वान’ वृद्धवृद्धामा गम्भीर देखिन थालेको छ । वृद्धवृद्धामा बढी गम्भीर देखिन थालेपछि केरला सरकारले ६० वर्षमाथिका नागरिकलाई मास्क प्रयोग अनिवार्य गरेको छ । 

६० वर्षभन्दा माथि उमेर समूहमा अनियन्त्रित मधुमेह र उच्च रक्तचाप, दीर्घकालीन मिर्गौला रोग, मुटु र कलेजोको रोगजस्ता अवस्थासँग हाल फैलिएको सबभेरियन्ट बढी घातक भएको भन्दै सुरक्षित रहनुपर्ने जनाइएको हो । कोभिडविरुद्धका खोप लगाएका धेरै समय भएका व्यक्तिमा समेत संक्रमणको जोखिम बढी भएको भन्दै बुस्टर डोज लगाउन आह्वान गरिएको छ । एक वर्षअघि खोप लगाएका व्यक्तिमा भन्दा पछिल्लो एक वर्षभित्र खोप लगाएकामा कम जोखिम पाइएको भन्दै खोप लगाउन सिंगापुरको स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । 

बिए.२.८६ नामक कोभिडमा उत्परिवर्तन भएर आएको जेएन वान सबभेरयिन्ट हाल विश्वभर फैलिँदै गएको छ । ३० भन्दा बढी स्पाइक प्रोटिन भेटिएकाले ‘जेएन वान’लाई पछिल्लो समय महामारीको रूप लिएको ओमिक्रोनभन्दा घातक हुने अनुमान गरिएको छ । यो सबभेरियन्टको स्पाइक प्रोटिन बढी हँुदा हालसम्म प्रयोगमा आइरहेका भ्याक्सिन र प्राकृतिक एन्टीबडीले समेत काम गर्न नसक्ने अनुमान गरिएपछि विश्वको ध्यान खिचेको छ । 

‘जेएन वान’ हाल भारत, चीन, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, मलेसियालगायत देशमा तीव्र फैलिइरहेको छ । यसबाहेक अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपियन देश डेनमार्क, स्पेन, बेल्जियम, फ्रान्स, नेदरल्यान्डमा तीव्र फैलिइरहेको छ । पछिल्लो समयमा सार्स संक्रामक रोगमध्ये सबैभन्दा बढी प्रभावित गरिरहेको ‘जेएन वान’ पनि रहेको इन्फ्लुएन्जा डाटा साझा गर्ने ग्लोबल डाटाबेस ग्लोबल इनिसिएटिभले देखाएको छ । विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको तथ्यांकमा संक्रमण फैलिएका देशमा ‘जेएन वान’बाट १७ प्रतिशत जनसंख्या प्रभावित गरेको छ । 

भारतमा कोभिडको नयाँ भेरियन्ट फैलिएसँगै भिड कम गर्न, मास्कको प्रयोग र अन्य स्वास्थ्य सुरक्षाका उपायमा कडाइ थालिएको छ । केरला सरकारले एडभाइजरी कमिटी नै गठन गरी मंगलबारदेखि कडाइ थालेको छ । पछिल्लो तीन महिनामा ‘जेएन वान’बाट ५८ जना संक्रमित भएको बताइएको छ । जसमध्ये ११ जना अस्पताल भर्ना भएको र एकजनाको मृत्यु भएको केरला सरकारले जनाएको छ । यसबाहेक बेंग्लोर र केरलामा परीक्षण संख्या बढाइएको छ । अस्पताललाई तयारी अवस्थामा राखिएको छ । नेपालमा भने पछिल्लो समय कोभिडका केस अपडेट नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ad
ad