Skip This
धनगढी एफसी र काठमाडौं रेजर्सले खेले १ - १ गोलको बराबरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २ सोमबार २o:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनगढी एफसी र काठमाडौं रेजर्सले खेले १ - १ गोलको बराबरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २ सोमबार २o:१o:oo

नेपाल सुपर लिगको महत्त्वपूर्ण खेलमा काठमाडौं रेजर्स एफसी र धनगढी एफसीले बराबरी खेलेका छन्। बराबरी खेल्दै दुवैले एक–एक अंक बाँडेका छन्। 

दशरथ रंगशालामा आज भएको खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं र जारी लिगको शीर्ष स्थानमा रहेको धनगढीले एक–एक गोलको बराबरी खेलेका हुन्। 

आजको खेलपछि धनगढीको ६ खेलमा १२ अंकसहित शीर्ष स्थानमै रहेको छ। काठमाडौं भने पाँच खेलबाट नौ अंक जोड्दै चौथो स्थानमा यथावत् छ। 

खेलमा गोलको खाता भने धनगढीले खोलेको थियो। १५औँ मिनेटमा धनगढीका फलु डियाग्नेले क्लियर गरेको बल काठमाडौंका आन्द्रेस नियाले किपर एन्जल श्रेष्ठलाई पास दिन खोज्दा अहमद हिजाजीले चिप गर्दै बललाई जाली चुमाएका थिए। 

६६औँ मिनेटमा काठमाडौंले बराबरी गोल गर्‍याे। तोजिदिनोभको क्रसमा किंगे ओलिभरले हेडर गोलमार्फत खेललाई एक–एकको अवस्थामा ल्याए। 

आजको खेल जितेको भए धनगढी क्वालिफायर हुने थियो। तर, बराबरीपछि पनि धनगढी लिगको शीर्ष स्थानमा रहँदै क्वालिफायरको नजिक पुगेको छ।