१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्याडरभन्दा कानुन व्यवसायी पृष्ठभूमिका न्यायाधीश बढी निष्पक्ष हुन्छन् : प्रस्तावित न्यायाधीश पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४९:oo

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश सुनील पोखरेलले क्याडर जजभन्दा कानुन व्यवसायी पृष्ठभूमिबाट न्यायाधीश बनेकाहरू बढी निष्पक्ष हुने बताएका छन्।

सोमबार संसदीय सुनुवाइ समितिमा पोखरेलले यस्तो बताएका हुन्। समिति सदस्यहरू जनार्दन शर्मा, महेश बर्तौला र रमेशजंग रायमाझीले उनलाई उस्तै प्रश्न गरेका थिए।

हिजोसम्म कानुन व्यवसायीका रूपमा बहस गर्दै आएकोमा अनुमोदन भए न्यायाधीशको भूमिकामा कसरी रहने भनी उनलाई प्रश्न गरिएको थियो। यी दुई भूमिकाबीच कसरी सन्तुलन कायम गर्ने, निष्पक्षता र स्वतन्त्रता कसरी कायम राख्ने भन्ने जिज्ञासा उनीहरूको थियो।

यसैको जवाफ दिँदै वरिष्ठ अधिवक्ता पोखरेलले पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको जस्तै धारणा आफ्नो पनि रहेको बताएका हुन्। ‘जजका लागि क्याडर जजभन्दा लयरबाट गएकाहरू बढी फिट हुन्छन्,’ उनले भने।

बंगलादेशको उच्च अदालतमा ७० प्रतिशतभन्दा बढी र भारतमा समेत ८० प्रतिशत न्यायाधीश नियुक्तिमा कानुन व्यवसायीको संख्या रहने गरेको भन्दै पोखरेलले आफ्नो निष्पक्षता र स्वतन्त्रतामा प्रश्न नउठ्ने प्रतिबद्धता जनाए।

५ मंसिरमा न्यायपरिषद्ले ६ जनाको नाम सर्वोच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको थियो। जसमा कानुन व्यवसायी पृष्ठभूमिका दुईजना वरिष्ठ अधिवक्ता छन्।

पोखरेलको सुनुवाइ समाप्त भएको छ भने अहिले बालकृष्ण ढकालले कार्ययोजना प्रस्तुत गर्दै छन्। शुक्रबारयता समितिले पाँच न्यायाधीशको सुनुवाइ गरिसकेको छ।