१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बंगलादेशले जित्यो यू–१९ एसिया कप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:४o:oo

बंगलादेशले पहिलोपटक एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दुबईको डिएससी मैदानमा आइतबार भएको फाइनलमा बंगलादेशले युएईलाई १९५ रनको फराकिलो अन्तरले हराउँदै उपाधि हात पारेको हो । 

पहिलो ब्याटिङ गरेको बंगलादेशले आठ विकेट गुमाएर २८२ रन जोडेको थियो । प्रत्युत्तरमा युएई २४.५ ओभरमा ८७ रनमै समेटिँदा बंगलादेशले फराकिलो जितअन्तर निकालेको हो । बंगलादेशको जितमा असिकर रहमानले १४९ बलमा १२९ रनको योगदान दिएका थिए । उनी नै प्रतियोगिताकै म्यान अफ दी सिरिज भए । उनले समग्रमा ३७८ रन बटुलेका थिए । प्रतियोगिताको सेमिफाइनलमा युएईले पाकिस्तानलाई हराएको थियो । बंगलादेशले भारतलाई स्तब्ध पार्दै अन्तिम दुई स्थान पक्का गरेको थियो । प्रतियोगितामा नेपाल, श्रीलंका, अफगानिस्तान र जापानले पनि भाग लिएका थिए । 

असिकरको शतकीय इनिङ्स पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर असिकर रहमानले शतकीय इनिङ्स खेलेका थिए । उनले १२९ रन बटुल्न १४९ बलमा १२ चौका र एक छक्का प्रहार गरेका थिए । सुरुवात कमजोर गरेको बंगलादेशका लागि ओपनर असिकर र मोहमद रिजवानले दोस्रो विकेटका लागि १२५ रनको साझेदारी गरे । रिजवानले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरी ६० रन बटुले ।

ad
ad