१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उखुको समर्थन मूल्य तोक्न कांग्रेस सांसद चौधरीको माग

उखु किसानका समस्याप्रति गम्भीर बन्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o८:oo

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्। सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन्।

उखु उत्पादनमा लागि पकेट क्षेत्र मानिने नवलपरासीबाट निर्वाचित चौधरीले कृषि तथा पशुपंक्षी विकासमन्त्रीलाई पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेका छन्।

‘नवलपरासी जिल्लाको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसानहरू उखुखेतीतर्फ साह्रै उत्साहित देखिन्छन्। किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो,’ पत्रमा उल्लेख छ, ‘चालू आर्थिक वर्ष ०८०/८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्ने हुन्छ। तर, हालसम्म पनि मूल्य नतोकिदिँदा यस क्षेत्रका किसानहरू अन्योल र मर्कामा परेका छन्।’ 

उनले उखुको समर्थन मूल्य तोक्न ढिलाइ हुँदा उद्योगहरूले उखु खरिद गर्न नपाएको र किसानको उखुबारीमै सुक्ने अवस्था सिर्जना भएको सरकारलाई अवगत गराए छन्। सरकारले मूल्य नतोक्दा कतिपय किसानले सस्तोमै उखु बेच्न बाध्य भएको भन्दै चौधरीले कृषिमन्त्री बेदुराम भुसालको लिखित ध्यानाकर्षण गराएका हुन्। 

उनले समर्थन मूल्यसँगै किसानलाई सरकारले उपलब्ध गराउने अनुदानबापतको रकम पनि समयमै भुक्तानी गराउन मन्त्रीसँग माग गरेका छन्। यद्यपि, आइतबारै सरकारले उखु किसानको बाँकी ५२ करोड भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरिसकेको छ।

सरकारले अघिल्लो वर्ष उखुको न्यूनतम मूल्य प्रतिमेट्रिक टन ६१० रुपैयाँ तोकेको थियो। जसमा उखु उद्योगले ५४० रुपैयाँ र सरकारले अनुदानबापतको ७० रुपैयाँ उपलब्ध गराउने सहमति भएको थियो।