१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४४:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको जुरीमा भरत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४४:oo

फिल्म सम्पादक भरतमणि रेग्मी अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जलसमा गत नोभेम्बर २८ मा भएको ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३’ मा जुरीको भूमिका निर्वाह गरेका छन्।

हलिउडको क्रियटिभ पोस्ट इन्डस्ट्रियल संस्था द हलिउड प्रोफेसनल एसोसिएसन (एचपिए)ले हरेक वर्ष आयोजना गर्ने यो अवार्ड यस वर्ष लसएन्जलसको उत्तरी हलिउडको ‘द टेलिभिजन एकेडेमी वल्फ थिएटर’मा सम्पन्न भएको थियो। अवार्डका लागि भरतमणिले सम्पादन विधामा निर्णायकको भूमिका निर्वाह गरेका हुन्।

वार्षिक रूपमा आयोजना हुने यो प्रतिष्ठित अवार्डमा थिएट्रिकल र ननथिएट्रिकलअन्तर्गत विशेषः प्राविधिक विधामा अवार्ड प्रदान गरिन्छ। जसमा कलर ग्रेडिङ, सम्पादन, ध्वनि, भिजुअल इफेक्टहरू पर्छन्। हरेक वर्ष उच्च श्रेणीका क्रियटिभ प्राविधिकहरूलाई अवार्ड दिइन्छ।

भरत ननथिएट्रिकल फिचर र डकुमेन्ट्रीअन्तर्गतको आउटस्टेन्डिङ इडिटिङ विधाको जुरी थिए। यस वर्ष पनि हलिउडबाट निर्माण हुने फिचर फिल्मका साथै नेटफ्लिक्स, एचबिओ, एप्पल टिभी प्लस, म्याक्स टिभीलगायतका थिएट्रिकल र नन थिएट्रिकल फिल्म, टेलिभिजन शो, वृत्तचित्र, सिरिजहरूका क्रियटिभ प्राविधिकहरूलाई अवार्ड दिइएको छ।

यस वर्ष उत्कृष्ट सम्पादन डकुमेन्ट्रीअन्तर्गत डकुमेन्ट्री ‘मुनेज डेड्रिम’का लागि निर्देशक तथा सम्पादक ‘ब्रेट मोर्गन’ले अवार्ड पाए। उत्कृष्ट सम्पादन ननथिएट्रिकल अन्डर थर्टी मिनेटअन्तर्गत डार्क कमेडी क्राइम टेलिभिजन सिरिज ‘बैरी– अ नाइस मिल’बाट सम्पादक अली ग्रिरले अवार्ड पाए। उत्कृष्ट सम्पादन ननथिएट्रिकल ओभर ३० मिनेटअन्तर्गत ‘द ह्वाइट लोटस–एरिभेडेरिक’बाट सम्पादक जोन एम. भ्यालेरियोले अवार्ड पाए।

थिएट्रिकलतर्फ रङ ग्रेडिङ विधामा ‘ओपेनहाइमर’का लागि फोटोकेम पोस्ट प्रडक्सन हाउसका कलरिस्ट कोस्टास थिओडोसियो र क्रिस्टन जिम्मरम्यानले अवार्ड पाए भने फिल्म सम्पादनमा सम्पादक जेनिफर लेमले अवार्ड पाए। भिजुअल इफेक्टमा फिल्म ‘अवतार– द वे अफ वाटर’बाट सर्वोत्कृष्ट भिजुअल इफेक्ट श्रेणीमा भिजुअल इफेक्ट आर्टिष्टहरू क्रिस एजेन, निक एपस्टेन, वेन स्टेबल्स, पवानी राव बोड्डापति, वेटा एफएक्सका र सर्गेई नेभ्सुपोभले अवार्ड पाए।

उत्कृष्ट कलर ग्रेडिङका लागि ‘स्पाइडरम्यान– एक्रोस द स्पाइडरभर्स’बाट पिक्चर सप पोस्ट प्रोडक्सन कम्पनीका कलरिस्ट नताशा लियोनेट, ‘हाउस अफ द ड्र्यागन’बाट सोनी पिक्चर्स इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन कम्पनी पिक्सोमोन्डो र ‘द गडफादर’बाट पारामाउन्ट पिक्चर्सले अवार्ड पाए।

अवार्ड आयोजकसँग अमेरिकन सिनेमा एडिटर्स, अमेरिकन सोसाइटी अफ सिनेमाटोग्राफर्स र सिनेमा अडियो सोसाइटीले सहकार्य गरेका थिए। भरतका अनुसार आयोजकले उनलाई जुरीका लागि सम्पर्क गरेका थिए।