१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:५३:oo

कांग्रेसमा महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीचको पछिल्लो संवादलाई कसरी हेर्नुभएको छ ? 
विशेषगरी अघिल्लोपटक महामन्त्री गगन थापाले संसदीय दलको नेतामा निर्वाचन लड्दा इतर समूहमा रहेको भनिएको मत पनि पाउनुभएन । यस घटनापछि महामन्त्री थापा र नेता शेखर कोइरालाबीच बिस्तारै संवादहीनता बढ्दै गयो र त्यो पछि लगभग ठप्पै भयो । यसबीच संघदेखि प्रदेश सरकारमा पार्टीको प्रतिनिधित्वको सवालमा कोइरालाले महामन्त्री थापासँग सरसल्लाह गर्नुभएन ।

कोसी प्रदेशको सन्दर्भमा त उहाँ पार्टीको लाइनविपरीत नै जानुभयो । भलै पार्टीले उहाँको कदमलाई अनुमोदन गरेजस्तो देखिएको छ । यस्तो अवस्थामा बसेको इतर समूहको बैठक र नेताद्वयबीचको संवाद सौहार्दपूर्ण देखिएको छ । आमजनता, पार्टी कार्यकर्ता र मिडियाको सकारात्मक चासो र अपेक्षाले गर्दा नेताद्वयबीच कार्यशैली अलग भए पनि मतभेद नरहेको पुष्टि भएको छ । 

इतर समूहले एकढिक्का रहेर संस्थापन पक्षलाई चुनौती दिन सक्ला त ?
सभापति शेरबहादुर देउवाको ‘टावरिङ पर्सनालिटी’ले सक्रिय राजनीतिबाट विश्राम लिँदै गर्दा स्वयं संस्थापन पक्ष नै एकढिक्का रहला या नरहला, यसै भन्न सकिन्न । हिजो कोइराला क्याम्पमा पनि यस्तै परिदृश्य देखिएको थियो । यस्तो अवस्थामा अहिले इतर समूहमा देखिएको एकताले पार्टीमा फरक सन्देश दिएको छ । पक्कै पनि यसले भविष्यमा सकारात्मक नतिजा दिनेछ । 

इतर समूहमा अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरू अटाउन सक्ने सम्भावना कति देख्नुहुन्छ ? 
महामन्त्री थापाले संसदीय दलमा उठ्दा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत नेताले पूर्णतः साथ दिनुभएकै हो । तर, नेता शेखर कोइरालाले उदारता नदेखाउँदा उहाँहरू समूहमा नअटेको देखिएको मात्र हो । सायद उहाँहरू कोइरालाको उदारताको प्रतीक्षामा हुनुहुन्छ कि ?

ad
ad