१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
शिल्पा कर्ण काठमाडौं
Invalid date format १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सात महिनापछि धराैटीमा छुट्दै बालकृष्ण खाण [आदेशकाे पूर्ण पाठ]

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१५:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण सात महिनापछि धराैटीमा छुट्ने भएका छन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई धराैटीमा छुट्ने आदेश दिएकाे हाे।  

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार खाणलाई शरणार्थी प्रकरणमा प्रत्यक्ष संलग्नता नदेखिएपछि  काठमाडाैं जिल्ला अदालतकाे आदेश बदर गरी ३० लाख धेराैटीमा छाड्न आदेश दिइएकाे हाे। 

यसअघि उच्च अदालत पाटनमा दुई न्यायाधीशबीच राय बाझिएपछि उनको सुनुवाइ आजका लागि सारिएको थियो। जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि खाण गत २७ वैशाखमा पक्राउ परेका थिए।