१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपनीका अध्यक्षमाथि चोरी–डाँका मुद्दा दर्ता गरी छानबिन गर्न अदालतको परमादेश

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवसहितका चारजनामाथि चोरी–डाँका मुद्दा दर्ता गरी छानबिन गर्न उच्च अदालत राजविराजले परमादेश जारी गरेको छ।

रुपनी गाउँपालिका– १ का किरणकुमार जयसवालले गत २३ साउनमा अदालतमा मुद्दा दायर गरेका थिए।

गाउँपालिका अध्यक्ष यादवसहित चारजनाले हातपात गर्दै कमिशनको प्रमाण रहेको माेवाइल (२५ हजार रुपैयाँ पर्ने) लुटेको भन्दै जयसवालले गत २६ असारमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि जयसवालले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासले शुक्रबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी गरेको अदालतका सूचना अधिकारी इन्द्रकुमार योङहाङले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, प्रहरी उपरीक्षक, जिल्ला सरकारी वकिल कार्यालय र कार्यालय प्रमुखको नाममा परमादेश जारी भएको उनको भनाइ छ ।

‘गाउँपालिका अध्यक्ष यादवले मच्चाएको लुटको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको निहुँमा पटक–पटक गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिँदै आएको, २३ असार रातिकाे समयमा गाउँपालिकाको स्कार्पिओ दुर्घटनामा पर्दा सामाजिक सञ्जालमा लेखेकै निहुँ बनाएर २४ गते हातपात गर्दै कमिशनको प्रमाण रहेको २५ हजार रुपैयाँ पर्ने मोबाइल चोरी–डाँका गरेको’ अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ ।

रुपनी गाउँपालिकाका अध्यक्ष यादवसहित राम यादव, पीताम्बर यादव, सरोज यादवले हातपात गर्दै डाँका गरेको जनाइएको छ । पीताम्बर निवर्तमान वडाध्यक्ष हुन् ।