१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
रमेश रावल सुर्खेत
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश संग्रहालयलाई मगर समुदायको पोसाक हन्तान्तरण

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

नेपाल मगर महिला संघ केन्द्रीय समितिले कर्णाली प्रदेश संग्रहालय सुर्खेतमा मगर समुदायले लगाउने पोसाक हस्तान्तरण गरेको छ। 

डोल्पामा बसोवास गर्ने मगर समुदायअन्तर्गत काइके समुदायमा दुईदिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सञ्चालन गरेर सुर्खेत आएको समितिले प्रदेश संग्रहालय वीरेन्द्रनगरमा बाह्रघरे, अठारघरे र काइके समुदायले लगाउने पोसाक हस्तान्तरण गरेको हो।

संग्रहालयमा मगर समुदायले लगाउने पोसाक राखेपछि सबैले हेर्न र अवलोकन गर्ने भएकाले पोसाक हस्तान्तरण गरिएको नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष हिरु रानामगरले बताइन्।

‘यसअघि संग्रहालय अवलोकन गरी मगर समुदायको पोसाक राख्ने प्रतिबद्धता जनाएको थियो,’ उनले भनिन्, ‘समितिले हाल आएर मगर समुदायअन्तर्गत तीन समुदायको मगर पोसाक प्रदान गरेको छ।’

पोसाक हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा मगर समुदायअन्तर्गत अल्पसंख्यक काइकेको भाषा तथा पोसाक संरक्षणमा सिंगाे मगर समुदाय नै लागिपरेकाले सबैले सहयोग गरिदिनहुन पनि संघका केन्द्रीय महासचिव मीना घर्तीमगरले जानकारी दिइन्। 

पोसाक ग्रहण गर्दै कर्णाली प्रदेश संग्रहालय सुर्खेतका निमित्त प्रमुख अर्जुनबहादुर शाहीले मगर समुदायको पोसाकलाई सुरक्षित तरिकाले प्रदर्शन गरी राखिने प्रतिबद्धता जनाए।