
एनआइसी एसिया क्यापिटलले डाइनामिक डेप्थ फन्डका लगानीकर्ताका लागि वेब बेस्ड प्लेटफर्म सुरु गरेको छ । कम्पनीले नेपालमा सञ्चालित खुलामुखी योजनामध्ये लगानीमा न्यून जोखिम र नियमित प्रतिफल वितरण गर्न सक्ने क्षमता रहेको दाबीसहित सञ्चालनमा ल्याएको लगानी योजनामा थप सुविधा ल्याएको हो ।
उक्त प्लेटफर्ममार्फत लगानीकर्ताले फन्डका इकाइ खरिद, एसआइपी दर्ता, एसआइपीको किस्ता भुक्तानी र आफ्नो लगानी सजिलैसँग निगरानी गर्न सकिने व्यवस्था मिलाएको कम्पनीको भनाइ छ । क्यापिटलले डिजिटलाइज्ड इन्भेस्टमेन्ट इकोसिस्टमको प्रवद्र्धनका साथै नेपाल र विश्वभर रहेका नेपाली लगानीकर्तालाई लगानीमा पहुँच विस्तार गर्ने उद्देश्यले क्युआर स्क्यान गरी छिटो–छरितो र सहज रूपमा एसआइपीमा सहभागी हुन तथा किस्ता भुक्तानी गर्न सकियोस् भन्ने मुख्य उद्देश्यका साथ यो सुविधा ल्याएको उल्लेख गरेको छ ।
यसले लगानीकर्तालाई इकाइ खरिद गर्न, एसआइपीमा सहभागी हुन सहज हुनुका साथै एसआइपी भुक्तानी मिति निर्धारण गर्न र नियमित रूपमा आफूले भुक्तानी गरेको रकम तथा प्राप्त योजनाको इकाइको ट्र्याक राख्न सहयोग पुग्ने क्यापिटलले जनाएको छ ।