१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतविरुद्ध निरीह देखिए ब्याटर, ५२ रनमै समेटियो नेपाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३२:oo

एसिसी यू- १९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले निरीह प्रदर्शन गरेको छ। दुबईको आइसिसी एकेडेमी ओभल– २ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २२ ओभर एक सबै विकेट गुमाउँदै ५२ रनमै समेटियो। 

नेपालका हेमन्त धामीले सर्वाधिक आठ रन बनाए। यस्तै अर्जुन कुमाल र दीपक बोहरा समान सात, गुल्सन झा र दीपेश कँडेल समान चार, कप्तान देव खनाल र सुवास भण्डारी समान दुई, दीपक बोहाेरा एक तथा उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए। यस्तै, आकाश चन्द चार रनमा नटआउट रहे। नेपालले १३ रन अतिरिक्त पायो।

बलिङतर्फ भारतका राज लिम्बानीले नाै ओभर एक बलमा सात विकेट लिए। यस्तै आराध्य शुक्लाले दुई आर्सिन कुलकर्णीले एक विकेट लिए। नेपाल पहिलो खेलमा पाकिस्तानसँग सात विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएर प्रतियोगितामा जितविहीन रह्यो।