१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लाकाे सिमकोटमा आगलागी, नियन्त्रणकाे प्रयास जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:३९:oo

हुम्लाको सिमकोट गाउँपालिका– ५ स्थित एक घरमा मंगलबार बिहान आगलागी भएको छ।

नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापतिसमेत रहेका स्थानीय वसन्त रोकायाको घरमा बिहान ९ बजे आगलागी भएको हो। आगलागीबाट घरको तेस्रो तला पूरै जलेर नष्ट भएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगो पूर्ण नियन्त्रणमा आउन सकेको छैन।

आगलागीको कारणबारे जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ। क्षतिको यकिन विवरणसमेत आइसकेको छैन।

ad
ad