Skip This
सरकारले राम्रो काम गर्न थालेपछि विक्षिप्त भएकाहरू षड्यन्त्रमा लागे : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २५ सोमबार १७:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले राम्रो काम गर्न थालेपछि विक्षिप्त भएकाहरू षड्यन्त्रमा लागे : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार १७:४७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन्।

सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा कामहरू अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरू अतालिएको उनको भनाइ थियो।

काठमाडौंको गोकर्णेश्वरमा आयोजित ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सरकार बनेको वेलादेखि नै सरकारविरुद्ध लागेकाहरू अहिले झनै अतालिएर संविधानमाथि नै धावा बोल्ने दुष्साहस गर्न थालेको बताए। 

‘एकथरि व्यक्तिहरूले सरकार गठन भएदेखि नै नेपाल श्रीलंका बन्ने भयो, उत्पातै हुने भयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे,’ उनले भने, ‘तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरू विक्षिप्त बनेर व्यवस्थाविरूद्ध अनर्गल प्रचारबाजी  र सरकारलाई बदनाम गर्ने षड्यन्त्रमा लागेका छन्। यतिले मात्रै नपुगेर संघीयता, धर्मनिरपेक्षता, जाति, वर्ग क्षेत्र लिंगका अधिकारविरुद्ध लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्न पुगेका छन्। संविधानमाथि नै धावा बोल्ने दुष्साहस गर्न थालेका छन्।’

प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्त्वपूर्ण निर्णय गरेको उनले बताए। उनले भने, ‘मिटरब्याजपीडितहरूका पक्षमा आयोग र ऐन नै बनाएर पीडकहरूमाथि कारबाही गरियो। पीडितहरूका लागि यो मुक्ति अभियानजस्तै भयो पनि। यसैगरी, बुवाआमा नेपाली भएर पनि नागरिकता नपाउनुको पीडा झेलेका ७, ८ लाख नेपालीले नागरिकता पाउन सके।’

उनले विदेश काम गर्न पुगेका र स्वदेशमा समेत स्वरोजगार र विभिन्न क्षेत्रमा कार्यरत लाखौँलाख श्रमिकहरूलाई सामाजिक सुरक्षा अभियानमा समावेश गराएर उनीहरूको भविष्य सुनिश्चित गरिएको बताए। 

प्रधानमन्त्री प्रचण्डले सुशासनका पक्षमा सरकारले ठूलाठूला भ्रष्टाचारका काण्डहरूको छानबिन अघि बढाएको, भूमाफिया र तस्करीविरुद्ध नयाँ अभियान चलाएको, अन्तर्राष्ट्रिय क्षेत्रमा सफल कूटनीतिक अभ्यास गरेको र त्यसमा पनि खासगरी जलवायु न्यायका क्षेत्रमा निर्णायक पहल गरेको बताउनुहुँदै यी कामहरूबाट व्यवस्थाविरोधी शक्तिहरू छटपटिएको बताए। 

अर्थतन्त्रमा देखिएको संकटलाई ठूलो देखाएर नेपालमा के के न हुने हो भन्दै जनतालाई आतंकित बनाएको प्रसंग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकारले सबै क्षेत्रसँग निरन्तर छलफल र संवादको प्रयासमार्फत अर्थतन्त्रमा देखिएको बाह्य र आन्तरिक दबाब कम गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने वातावरण बनाएपछि अराजक तत्वहरू झनै अतालिएको उनको भनाइ थियो। 

‘अर्थतन्त्रमा देखिएका समस्या, लघुवित्तसँग सम्बन्धित र पीडितका समस्या, बैंक ब्याजदर, अन्य वित्तीय क्षेत्रका समस्याहरू हल गर्न निजी क्षेत्रलाई समेत विश्वासमा लिएर निरन्तर गरेको पहलका कारण अहिले कतिपय आर्थिक सूचकहरू सकारात्मक देखिएको र अर्थतन्त्र चलायमान हुने दिशामा अघि बढेको छ। राष्ट्र बैंकको पछिल्लो समीक्षा यसकै प्रतिफल हो।’

प्रधानमन्त्री प्रचण्डले इतिहासमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउँदै नेपाली समाजमा देखिएका समस्याहरू लोकतान्त्रिक गणतन्त्रबाटै हल हुने ठोकुवा गरे। प्रधानमन्त्री प्रचण्डले सामन्ती भूस्वामित्वका कारण सिर्जना भएको सुकुमवासी तथा भूमिहीनहरूको समस्या समाधान गर्नसमेत सरकारले निर्णायक पहल गरेको बताए।