१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर २५ सोमबार १५:३८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोप- २८ मा ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार १५:३८:oo

दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घन्टाअघि जुन जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्ने सम्झौतामा केन्द्रित कोप– २८ को बैठकमा देशहरूलाई ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह गरिएको छ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका प्रमुख सिमोन स्टिलले हरितगृह ग्यास उत्सर्जन कम गर्न र कम विकसित देशहरूको असरलाई सहयोग गर्न आवश्यक रहेको उल्लेख गर्दै भने, ‘पहिलो, अनावश्यक रणनीतिक अवरोधलाई हटाउनुहोस्।’

‘एकताका लागि समस्या बनेको ‘अनावश्यक रणनीतिक अवरोध’लाई दिमाखबाट नहटाएसम्म यसले सबै सम्भावनालाई प्रभावित गर्छ,’ उनले भने। 

विश्वव्यापी तापमान वृद्धिलाई पूर्वऔद्योगिक स्तरभन्दा कम १.५ डिग्री सेल्सियसभन्दा माथि नराख्ने लक्ष्यलाई कायम राख्ने उपाय खोजेकाले महत्वाकांक्षी रहन उनले आग्रह गरे। 

स्टिलले भने, ‘म वार्ताकारहरूलाई वृद्धिवादलाई अस्वीकार गर्न आग्रह गर्दछु। उच्च महत्वाकांक्षीबाट पछि हट्ने प्रत्येक कदमले अनगिन्ती लाखौँ मानिसको ज्यान लिनेछ।’ 

‘उच्चतम महत्वाकांक्षी परिणामहरू सबै सरकारका लागि उनीहरूको क्षेत्रअन्तर्गत वास्तविक जितको साथ दुबई छोड्ने एक मात्र उपाय हो,’ उनले भने। 

उनले थने, ‘एउटा कुरा निश्चित छ, ‘म जित्छु, तपाईं हार्नुहुन्छ’ भन्ने सोच सामूहिक असफलताका लागि एक समस्या हो। यसले अन्ततः आठ अर्ब जनताको सुरक्षा नै धरापमा परेको छ।’ 

साउदी अरबको नेतृत्वमा तेल उत्पादकहरूले कडा प्रतिरोध गरेका कारण जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्ने आह्वानमा वार्ता तीव्र भएको छ, जुन पृथ्वीको बिग्रँदो संकटको प्रमुख दोषी हो।