१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरद्वारा दुई दिनभित्रै स्रोत शिक्षक पदको परीक्षा र नतिजा [सूचीसहित]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

काठमाडौं महानगरपालिकाले स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ। 

स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले २३ मंसिरमा सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको अन्तर्वार्ताको प्राप्तांकका आधारमा योग्यताक्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। 

प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको मूल्यांकन, प्रस्तुतीकरण र कम्प्युटर सीपको परीक्षण गरिएको थियो। 

महानगरपालिकाले गणित विषयमा तीन पद, नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयमा दुई–दुई पदका लागि गएको कात्तिक १७ गते विज्ञापन गरेको थियो। 

माग गरिएका पदमा हिजो लिइएको लिखित परीक्षामा गणित विषयमा ११ जना, नेपाली विषयमा चारजना, अंग्रेजी विषयमा पाँचजना, विज्ञान विषयमा चारजना र सामाजिक विषयमा आठजना आवेदक सहभागी भएका थिए। 

परीक्षा लिएकै दिन प्रकाशन भएको नतिजामा गणित विषयका लागि पाँचजना, नेपाली विषयका लागि एकजना, अंग्रेजी, विज्ञान र सामाजिक विषयका लागि चार–चारजना आवेदक छनोट गरिएको थियो। उनीहरूलाई बोलाएर आज अन्तर्वार्ता लिइएको थियो।  

सिफारिस योग्यताक्रम 

विषय : गणित

१. सुशील खनाल    रोल नं. ०८०००८
२. रश्मी तामाङ    रोल नं. ०८०००९
३. कमलप्रसाद भट्ट     रोल नं. ०८०००२

वैकल्पिक योग्यताक्रम

१. अनुपमा शर्मा     रोल नं. ०८००१०

विषय : नेपाली 
१. खगराज जोशी    रोल नंं. ०८०००७

विषय : अंग्रेजी
१. नवराज ढकाल    रोल नं. ०८००१६
२. दिनेश के. सी.    रोल नं. ०८००३६

वैकल्पिक योग्यताक्रम
१. अञ्जु लामा    रोल नं. ०८००१८

विषय : सामाजिक
१. रमेशकुमार दर्जी      रोल नं. ०८००३३
२. नारायणप्रसाद नेपाल  रोल नं. ०८००३७

वैकल्पिक योग्यताक्रम

१. रामकृष्ण अधिकारी    रोल नं. ०८७००३४

विषय : विज्ञान

१. योग्यराज प्रसाईं    रोल नं. ०८००२०
२. कपिलजंग पाण्डे    रोल नंं. ०८०००४

वैकल्पिक योग्यताक्रम
१. सरोज काफ्ले     रोल नं. ०८००२८