१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेशका ज्येष्ठ वामपन्थीहरूको मिलन कार्यक्रम चैतमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o३:oo

गण्डकी प्रदेशका ज्येष्ठ वामपन्थी नागरिकहरूको मिलन कार्यक्रम आयोजना हुने भएकाे छ। 

नेपालको राजनीतिक इतिहासको रथलाई अघि बढाउन वैचारिक रूपमा वामपन्थलाई आफ्नो आदर्श मानेर जीवन बिताउनेहरूको योगदानको सम्मान र स्मृतिलाई ताजा राख्ने उद्देश्यले आगामी ३ र ४ चैतमा पोखरामा वामपन्थी ज्येष्ठ नागरिकहरूको मिलन कार्यक्रम आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ। 

ज्येष्ठ वामपन्थीहरूसँग अनुभव साटासाट गर्ने र उनीहरका अनुभवको अभिलेख तयार गरी विभिन्न माध्यमबाट प्रसार तथा प्रकाशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम, गण्डकी तयारी समितिका संयोजक कृष्णप्रसाद आचार्यले जानकारी दिए। 

आचार्यका अनुसार हालको गण्डकी प्रदेशभित्र पर्ने क्षेत्रमा ०४६ सालअघि विभिन्न मोर्चामा बसेर काम गरेका, जेलजीवन बिताएका, प्रवासमा निर्वासित जीवन बिताएका, भूमिगत भई काम गरेका ७० वर्षभन्दा माथि उमेर समूहका वामपन्थी ज्येष्ठ नागरिक सहभागी हुनेछन्।
 
नेपालका कम्युनिस्ट पार्टीहरूका विभिन्न घटकमा सामेल भएर र स्वतन्त्र मार्क्सवादी चिन्तकका रूपमा रहेर वामपन्थी आन्दोलनमा सहभागी भएकाहरूलाई कार्यक्रममा सहभागी गराइने वरिष्ठ वामपन्थी लेखक एवं पत्रकार झलक सुवेदीले जानकारी दिए। 

२००६ सालमा गठिन कम्युनिस्ट पार्टीले ७५ वर्ष पार गरेको र पार्टी स्थापनाकालदेखियताका विभिन्न कालखण्डमा विभिन्न कम्युनिस्ट घटकमा रहेर अनेक हन्डर ठक्कर खाएर काम गरेका, शहादत प्राप्त गर्नेहरू, जेल–नेल खाएर प्रवासमा बसेर र भूमिगत भएर काम गर्ने हजारौँ नेता–कार्यकता र लाखौँ जनसमूहको योगदानको समष्टिगत प्रतिफलबाट नै आज नेपालमा लोकतान्त्रिक गणतन्त्रमा स्थापित भएको तथा सामन्तवादी युगको अन्त भएको सुवेदीले बताए। 

नेपालको लोकतान्त्रिक व्यवस्था, निरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहितको संघीय प्रणाली वामपन्थी राजनीतिक दलको सहभागिता, मार्क्सवादी बौद्धिक विमर्श र हस्तक्षेपविना अघि बढ्न नसक्ने निष्कर्ष  आफूहरूको रहेको उनले उल्लेख गरे। 

कम्युनिस्ट पार्टीमा आएको विभाजन र एकताका अनेक शृंखलाका बाबजुद सबै धाराका कम्युनिस्ट कार्यकर्ताहरू र विभिन्न रूपमा सहयोग गर्ने जनताको योगदानको उपलब्धिका रूपमा नेपालमा निर्वाचनका माध्यमबाट कम्युनिस्टहरू पटकपटक सरकारमा पुगेको तथा राजनीतिक मात्र नभई आर्थिक, सांस्कृतिक तथा प्राज्ञिक बहससहित समाजका सबै क्षेत्रमा वापमन्थी विचार समूहको उपस्थिति तथा तिनले नेपाली समाजलाई नेतृत्व गरिरहेको दाबी उनले गरे। 

नेपाली समाजलाई आजको अवस्थामा ल्याउन योगदान गर्ने पहिलो पुस्ताका नेताहरू सबैजसोको निधन भइसकेको र दोस्रो पुस्ताका नेताहरू ७० देखि ८० वर्षमाथि पुगेकाले उनीहरूका योगदानको उच्च सम्मान गर्न र प्रतिकूल परिस्थितिमा कसरी काम गरेका थिए भन्ने इतिहासको खास कालखण्डको अवस्थालाई अभिलिखित गर्न ढिलो भएको अवस्थामा यस्ता कार्यक्रमको औचित्य रहने आयोजकले बताएको छ।