१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २५ सोमबार १२:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय संसद्को नयाँ महासचिवमा पाण्डेय सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार १२:२o:oo

संघीय संसद् सचिवालयबाट महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पदमप्रसाद पाण्डेयलाई सिफारिस गरिएको छ। 

घरासयी कारण देखाउँदै महासचिव डा. गौतमले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए। उनको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्। उनको राजीनामा स्वीकृत भएसँगै महासचिवमा प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयको नाम सिफारिस भएको हो। 

संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयको नाम सिफारिस भएको सभामुखका प्रेस सल्लाहअकार शेखर अधिकारीले जानकारी दिए।