१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल युवा उत्सव काठमाडौंमा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

देशकाे संघीय राजधानी काठमाडौंमा नेपाल युवा उत्सव २०२३ सुरु भएकाे छ।

दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालको आयोजनामा, प्रदेश युवा परिषद् बागमतीको समन्वय तथा सिविस, वातावरणीय अधिकार सञ्जाल नेपाल, गतिशील युवा मञ्च र टिडिएच जर्मनीको संयुक्त आयोजनामा नेपाल युवा उत्सव २०२३ काठमाडौंमा सुरु भएको हाे। 

डिसेम्बर ३ देखि औपचारिक रूपमा सुरु भएको कार्यक्रममा आज र भोलि वातावरण र युवाकेन्द्रित बहस हुने उत्सवको मूल समारोह समितिले जनाएकाे छ

समितिका अनुसार वातावरणीय अधिकार, जलवायु न्याय, दिगो विकासका अवधारणालाई केन्द्रमा राखेर, संसद्सँग नीति संवाद गरिएकाे छ। साथै विद्यालयका विद्यार्थीसँग जलवायु परिवर्तन, वातावरणका कुरा, अनलाइन अभियानलगायतका कार्यक्रम गरी सप्ताहव्यापी युवा उत्सव मनाइनेछ।

आइतबार वन तथा वातावरणमन्त्री वीरेन्द्रकुमार महतोले कार्यक्रमकाे उद्घाटन गर्दै हालै सम्पन्न कोप– २८ मा नेपालले उठाएका विषय र त्यसमा नेपालका युवा वर्गले देखाएको सक्रिय भूमिकाको प्रशंसा गरे।

कार्यक्रममा सातै प्रदेशबाट छनोट भएका वातावरण, वन विज्ञान, कृषि, कानुनलगायत विषयसँग सम्बन्धित युवाहरूको जमघटमा मूल समारोह सम्पन्न भएको नेपाल युवा उत्सवका संयोजक विष्णु पाण्डेले जानकारी दिए।

दुई दिनसम्म चल्ने  उत्सवमा युवाको वातावरणीय अधिकार, हरित उद्यमशीलता, कोप– २८ लगायतका विषयमाथि बहस भएकाे थियाे।