१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहसचिवमा बढुवाका लागि १५ उपसचिवको नाम सिफारिस (नामावलीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४४:oo

नेपाल सरकारको रिक्त सहसचिवका लागि १५ जना उपसचिवको बढुवा सिफारिस भएको छ । 

लोकसेवा आयोगको बढुवा समितिको सचिवालयले आज गोरखापत्रमा प्रकाशित गरेको सूचनाअनुसार कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको हो । 

बढुवा समितिले सिफारिस गरेको योग्यताक्रम अनुसार उपसचिवहरू नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घबहादुर पोखरेल, घनश्याम उपाध्यायको नाम सहसचिवका लागि सिफारिस गरिएको छ । 

यसैगरी, उपसचिवहरू तीर्थप्रसाद धिताल, राजेश गौतम, ऋषिराम पंगेनी, रामुराज उपाध्याय, राजकपुर चौलागाईं, सन्तोषप्रसाद दाहाल, सूर्यबहादुर खत्री, जीवनप्रसाद दुलाल र ऋषिराज आचार्यको पनि सहसचिवका लागि सिफारिस भएको छ । 

सिफारिसमा चित्त नबुझेमा ३५ दिनसम्म बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने निजामती सेवा ऐन, २०४९ मा व्यवस्था छ । कुनै उजुरी नपरे सरकारले मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका उपसचिवहरूलाई सहसचिवमा बढुवा गर्नेछ । 

बढुवाका लागि सिफारिस योग्यताक्रम 
१. नरबहादुर थापा
२. गोपीकृष्ण कोइराला
३. शालिकराम आचार्य
४. ध्रुवबहादुर खड्का
५. दीर्घबहादुर पोखरेल
६. घनश्याम उपाध्याय
७. तीर्थप्रसाद धिताल
८. राजेश गौतम
९. ऋषिराम पंगेनी
१०. रामुराज उपाध्याय
११. राजकपुर चौलागाईं
१२. सन्तोषप्रसाद दाहाल
१३. सूर्यबहादुर खत्री
१४. जीवनप्रसाद दुलाल
१५. ऋषिराज आचार्य