१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकका चार नयाँ शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१८:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ चारवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको बुढानीलकण्ठ र दहचोक, चितवनको शरदपुर तथा तनहुँको आबुखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा उपलब्ध भइसकेको बैंकले जनाएको छ । 

नयाँ चार शाखासहित बैंकले देशभरमा तीन सय ५५ शाखा, तीन सय ७६ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 

यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भिœयाउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ ।