१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाली युवामाथि भारतमा गोली प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:२२:oo

भारतको जोगबनीस्थित रेल्वे स्टेसननजिक एक नेपाली युवामाथि गोली प्रहार भएको छ । गोलीको छर्रा लागेर विराटनगर महानगरपालिका– ८ मधुमारा घर भएका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् । 

तिघ्रामा गोली लगेका संग्रौलाको कोशी अस्पतालमा उपचार भइरहेको मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । 

गोली लागेका युवा उपचारका लागि कोशी अस्पताल पुगेपछि घटनाबारे प्रहरीले जानकारी पाएको हो । प्रहरीले घाइते युवासँग गरेको प्रारम्भिक सोधपुछबाट आइतबार दिउँसो उनी रेल्वे स्टेसनतिर गएका थिए । स्टेसनभन्दा करिब सय मिटर परबाट गोली प्रहार भएको थियो । 

घाइते युवाको उपचार चलिरहेकाले थप विवरण बुझ्न बाँकी रहेको एसपी पोखरेलले बताए । 

ad
ad